जनकपुरधाम, वैशाख २३ गते । बाँके जिल्लाको नेपालगन्जमा थप ७ जनामा कोरोना संक्रमण भेटिएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालगन्जको प्रयोगशालामा गरिएको परीक्षणको नतिजाले थप ७ जनामा कोरोना संक्रमण रहेको देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन ।
नेपालगन्ज ८ का चार महिला र तीन पुरुषमा कोरोना संक्रमण रहेको पुष्टि भएको उनले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । तिनीहरु ९ र्वषदेखि ५५ वर्षसम्म उमेरका रहेको जनाइएको छ ।
सहप्रवक्ता डा. अधिकारीका अनुसार ९, ३२, ३४ र ५५ वर्षका चार महिला र २२, ३० र ४० वर्षका तीन पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
आइतबार मात्र त्यहाँ एकै पटक १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने यसअघि शुक्रबार एक जना कोरोना संक्रमित देखिएका थिए । यीसमेत गरेर नेपालगन्जमा मात्रै २३ जना कोरोना संक्रमित भएका छन् ।
यी समेत गरेर नेपालमा कोरोना भाइरसले भेटेका मानिसको संख्या ८२ पुगे पनि तीमध्ये १६ जना भने उपचारपछि स्वस्थ भइसकेको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण नेपालमा अहिलेसम्म कसैको मृत्यु भएको छैन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !