काठमाडौ, वैशाख ९ गते । उदयपुरमा १२ जना संक्रमित भेटिएको हप्ता नबित्दै थप ८ जनामा कोरोना भाइरस संक्रमण आशंका गरिएको छ ।
विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षणका लागि पठाइएको छ । धरानमा पनि पोजेटिभ देखाएपछि पुष्टि हुनेछ ।

कोसी अस्पतालका एक चिकित्सकका अनुसार उदयपुरको त्रियुगा नगरपालिकास्थित मस्जिदमा ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्रमण पछिल्लो पटक पुष्टि भएपछि उनीहरूको सम्पर्कमा रहेकाहरू ६८ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।
त्यसमध्ये ८ जनामा शंकास्पद नतिजा देखिएपछि धरानमा पुनः परीक्षणका लागि पठाइएको हो कोशी अस्पतालले जनाएको ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !