जनकपुरधाम, वैशाख ५ गते । शुक्रवार एकैदिन १४ जना कोरोना भाइरस (कोभिड(१९) का संक्रमित थपिएपछि नेपालमा संक्रमितको संख्या ३० पुगेको छ ।
थपिएका नयां संक्रमित मध्ये उदयपुरका १२ जना र चितवनका दुई जना रहेका छन । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।
उदयपुर संक्रमित देखिएका मध्ये केही भारतीय रहेको छ, ती सबै पुरुष नै हुन भने उमेरले युवा अवस्थाका हुन । उनीहरू ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षका छन् ।
संक्रमितहरु उदयपुर नगरपालिका ३ स्थित भुल्केमा रहेको मस्जिदमा भेटिएका थिए ।
मस्जिदमा नयाँ मानिसहरु देखेपछि स्थानीयले खबर गरेका थिए । स्थानीय प्रशासन र जनप्रतिनिधि गएर बुझ्दा दिल्लीबाट आएका १२ जना भारतीय नागरिक र मोरङबाट ४ जना नेपाली भेटेपछि परीक्षण गरिएको थियो ।
सुरुको रैपिड टेष्टमा सबैको रिपोर्ट नेगेटिभ आयो भने कोशी अस्पतालमा बिहीबार साँझ गरिएको परीक्षणमा ८ जनामा ‘प्रिजम्टिभ पोजेटिभ‘ देखियो । र, टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको छ ।
चितवनमा आमाछोरा संक्रमित
त्यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनका हुन् । उनीहरु राप्ती नगरपालिका–८ का आमाछोरा हुन् ।
६३ वर्षीया महिला र उनका २७ वर्षीय छोरा चैत ३ गते बेलायतबाट कतार एयरवेज हुँदै नेपाल आएका थिए । भरतपुर अस्पतालको आइसोलेसन बार्डमा रहेका उनीहरुको अवस्था सामान्य छ । उनीहरुमा कुनै लक्षण पनि छैन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !