Wednesday, April 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

चुहिने छाना, चिसो भुइँ, अँध्यारो कोठामा अनशन


जिल्ला खेलकुद विकास समिति जुम्लाको कभर्ड हलको छाना चुहिने छ, भुइँ चिसो छ, कोठा अँध्यारो छ । काठमाडौंबाट आएका डा. गोविन्द केसी अनशनमा छन् । उनीमाथि प्रहरीको निरन्तर निगरानी छ ।

प्रतिकूल अवस्थामा अनशनरत डा. केसीको स्वास्थ्य बिग्रँदै गएको छ । जिल्ला खेलकुद विकास समितिको अव्यवस्थित कभर्डहलको चिसो भुइँमा अनशन बस्दा उनको स्वास्थ्यमा समस्या देखिन थालेको हो । चिसोका कारण केसीको हातखुट्टा सुनिने, रिंगटा लाग्ने, टाउको दुख्ने, छातीको धड्कन बढ्नेलगायतका समस्या देखिन थालेका छन् ।

प्रहरीको निगरानीमा अनशन थालेका डा. केसीलाई राखिएको कबर्डहल निकै अव्यवस्थित छ । जहाँ बिजुली छैन, पानी र शौचालय पनि अभाव छ । निकै कष्टका साथ अँध्यारोमा रात बिताउनुपरेको उनका सहयोगीसमेत रहेका भाइ किशोर केसीले बताए । दियालोको सहायताले रात काटेको उनले बताए ।

‘ठूलो कभर्डहलमा पानी चुहिन्छ, चिसो बढेको छ, कपडाको व्यवस्था पनि राम्रो छैन,’ उनले भने, ‘यस्तै अवस्था रहे केसीको स्वास्थ्यमा छिट्टै गम्भीर समस्या आउने देखिन्छ ।’ डा. केसीलाई जिल्ला प्रशासन कार्यालय परिसरबाट प्रहरीले पक्राउ गरेपछि प्रहरी घेराभित्रै अनशन घोषणा गरेका उनलाई प्रहरी नियन्त्रणमा कभर्डहल राखिएको छ ।

केही त्यहीँ अनसन बसेका छन् । डा. केसीको उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर प्रवीण गिरी, डाक्टर धीरज गुरुङ, डाक्टर सिद्धार्थ खत्रीसहितको टोली खटिएको छ ।

प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको र त्यसको जिम्मा प्रतिष्ठानले लिन नसक्ने बताए । उनले भने, ‘बारम्बार कभर्डहलमै गएर केसीको स्वास्थ्य अवस्था बुझ्न अप्ठ्यारो छ ।

त्यहाँ ठाउँ पनि अव्यवस्थित रहेकाले स्वास्थ्य परीक्षणका साधन स्रोत लैजान सकिने अवस्था छैन । प्रतिष्ठानमै भएको भए स्वास्थ्य जाँच गर्न सहज हुने थियो ।’

जिल्ला प्रशासनले डा. केसीको स्वास्थ्य जाँचका लागि आवश्यक सामग्री र चिकित्सकको टोली परिचालन गर्न प्रतिष्ठानलाई निर्देशन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले भने, ‘यो जिल्लाको मात्र नभई राष्ट्रिय विषय हो । अहिले माथिको निर्देशनअनुसार चलिरहेका छौँ । तर, डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या आए त्यसको विकल्पसहितको आवश्यक निर्णय हुन्छ ।’

माग सम्बोधन गर्न दबाब

डा. केसीको माग सम्बोधन गर्न दबाब दिँदै नागरिक समाजको नेतृत्वमा चरणबद्ध आन्दोलनका कार्यक्रम भैरहेका छन् । जसअनुसार आइतबार स्थानीय युवा र नागरिक समाजका अगुवाले आँखामा कालो पट्टी बाँधेर हस्ताक्षर संकलन गरेका छन् ।

प्रशासनको निषेधित क्षेत्र २ सय मिटर टाढा कृष्ण मन्दिरमा हस्ताक्षर संकलन गरिएको हो । यसैबीच नेपाल चिकित्सक संघ जुम्लाले प्रेस विज्ञप्ति जारी गर्दै केसीलाई उनले रोजेको अनशनस्थल प्रतिष्ठानमै स्थानान्तरण नगरिए चिकित्सकहरूले कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

केसीलाई प्रहरी प्रशासनले कैदीसरहको व्यवहार गरेको चिकित्सक र उनका समर्थकको आरोप छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव