विराटनगर । महिला हिंसा अन्त्य गर्न शिक्षामा जाेड दिनुपर्ने प्रदेश–१ का सामाजिक बिकासमन्त्री जयराम यादवले बताएका छन ।
सामाजिक विकास मन्त्रालयको सहयोग र अपन विराट गढ समाज, जागृत महिला समाजको संयुक्त आयोजनामा भएको महिला हिंसा तथा बालविवाह विरुद्ध आयाेजित अन्तरक्रियामा मन्त्री यादवले यस्ताे बताएका हुन ।
मन्त्री यादवले महिला हिंसाले घर परिवार मात्र नभई समाजमा समेत असर परिरहेकाे हुनाले यसकाे अन्त्य गर्न घरबाट नै सुरुवात गर्नुपर्नेमा आवश्यक रहेकाे भने ।
अहिलेको अवस्थामा बढ्दो बालविवाह अन्त्य गर्न छाेरा भन्दा छाेरिलाई शिक्षित बनाउनुपर्ने उनले वताए । महिला हिंसालाई न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको जागृत महिला समाजकी अध्यक्ष ममता यादवले बताइन् ।
अपन विराट गढ समाज,कि अध्यक्ष वसुनधारा झाले समाज विकासकाे लागि घरेबाटमहिला हिंसा आन्तयका लगि आफु सघर्ष गरिरहेकाे अध्यक्ष झाले वताईन।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !