विराटनगर, जेठ ५ गते । भाउजुको हत्या गरेको आरोपमा मोरङको रङगेली नगरपालिका ३ का १९ बर्षीय बिनोद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
विनोदले पारिवारिक सामान्य झै झगडाको रिसइबीमा २४ वर्षिय आफ्ना भाउजु अनिता यादवको धारिलो हतियारले घाँटी रेटी हत्या गरेको थियो ।
बुधवार बिहान साँढे ७ बजेको समयमा रङगेली नगरपालिका–३ तिलुवा चौकको नहरमा मृत फेला अनिता यादवको घटना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा प्रहरी टोलीले मृतक कै देवर बिनोदको संग्लग्नता रहेको पाएपछी निजलाई पक्राउ गरिएको प्रदेश नं. १ प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मृतक अनिता र देवर बिनोद बिच मंगलवार साँझ झै–झगडा भएको र सोही रिसिईबीका कारण बिनोद यादवले राती ८ बजे धारिलो हतियार दाउले घाँटीमा प्रहार गरी भाउजुको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रदेश प्रहरीले जनाएको छ ।
पक्राउ परेका विनोदको साथबाट हत्यामा प्रयोग गरिएका हतियार समेत बरादम गरेको छ भने घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय रङगेलीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !