विराटनगर, वैशाख २३ गते । माेरङ्ग जिल्लामा शुक्रबार रातिदेखि लागु हुनेगरी जिल्लाभर एक साता पुनः निषेधाज्ञा थपिएकाे छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार शुक्रबार राति १२ बजेदेखि जेठ १ गते राति १२ बजेसम्म कायम हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।
गत आइतबार विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा एक साताका लागि निषेधाज्ञा जारी भएको थियो ।
जिल्लामा सङ्क्रमण दर बढेपछि जिल्लाभर निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय मोरङले निर्णय गरेकाे हाे । मोरङसँग सीमा जोडिएका झापा र सुनसरीले यसअघि नै निषेधाज्ञा जारी गरेका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !