इटहरी, असोज ७ गते । महानगरीय प्रहरी अपराध महाशाखाले सुनसरीको इटहरी नगरपालिका ४ की आरती परियारको हत्यार आरोपमा फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
ललितपुरको चापागाउँ बस्दै आएकी २६ वर्षीय आरतीको २०७२ साल वैशाख १५ गते हत्या गरिएको थियो । उनको हत्यामा संलग्न रहेको अभियोगमा बिहीबार महाशाखाले सिराहको विष्णुपुर गाउँपालिका ५ लक्ष्मीपुराका २४ वर्षिय रविकुमार यादवलाई पक्राउ गरेको हो ।
उनलाई मैतीदेविबाट पक्राउ गरिएको महाशाखाका प्रवक्ता एसपी इश्वर कार्कीले बताएका छन । यादवले घाँटीमा धारिलो हतियार प्रहार गरी आरतीको हत्या गरेको आरोप छ । घटनापछि यादव भारतको बैङ्लोर बस्दै आएका थिए ।
केही दिन पहिले काठमाडौं आएको प्रहरीले गोप्य सूचनाका पाएको आधारमा पक्राउ गरिएको एसपी कार्कीले बताए । आरोपित विरुद्ध अनुसन्धान प्रक्रिया अघि बढाइ सकिएको र कारवाहीका लागि अदालतमा पठाइने प्रहरीले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !