विराटनगर, साउन १९ गते । कोरोना संक्रमण देशभर बढदै गएको क्रममा विराटनगरमा सात प्रहरीसहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत सात प्रहरी कर्मचारीसहित १५ जना कोशी अस्पताल विराटनगरस्थित कोशी अस्पतालमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।
संक्रमित प्रहरीहरु ४१, ४२, ३७, २५, ३५, २४ र ३३ वर्षका छन् । संक्रमितहरु विराटनगर महानगरपालिका वडा नं. ६ र ७ का हुन् । वडा नम्बर ७ मा ३०, ३६, २५ र ४५ वर्ष उमेरका पुरुषहरुमा संक्रमण देखिएको छ ।
यसैगरी वडा नम्बर ६ काका २४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरमा कार्यरत दुई जना र विराट मेडिकल कलेजमा कार्यरत एकजना पुरुष कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !