विराटनगर, असार १० गते । पूर्व प्रेमीले धोखा दिएको भन्दै विराटनगरमा युवतीले आत्महत्या गरेकी छन् ।
विराटनगर महानगरपालिका–३ बस्दै आएकी र उदयपुरको बेलका नगरपालिका–२ घर भएकी श्वेता पोखरेलले झुण्डिएर आत्महत्या गरेकी हुन् ।
विराटनगरमा डेरामा बस्दै आएकी श्वेता महेन्द्र मोरङ क्याम्पसमा अध्ययनरत र शौर्य बचत तथा ऋण सहकारी संस्थामा कार्यरत थिईन ।
पूर्व प्रेमीले विहे गर्न नमानेपछि घर परिवारले अर्कौ केटासँग बिहे गर्न लागेको थाहा पाएपछि उनका प्रेमी सविन पराजुलीले उनी सँगैका तस्वीहरु बाहीर ल्याउँदै तनाब दिएपछि युवतीले आइतवार आत्महत्या गरेको भन्ने कुरा खुलेको छ ।
युवतीको असार १४ गते मागी विवाहका लागि फुलमाला गर्ने परिवारको तयारी थियो । पूर्व प्रेमीले विवाह भाँड्न खोज्दा श्वेताले आत्म हत्या गर्न वाध्य भएको अनुसन्धाना खुलेको प्रहरीले जनाएको छ ।
श्वेताकी बहिनी सरिताले प्रहरीमा किटानी जाहेरी दिएकी छन् । जाहेरीका आधारमा सविनलाई मंगलबार पक्राउ गररे आत्महत्या दुरुत्साहनको मुद्दा चलाउन म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !