इटहरी, जेठ १४ गते । प्रहरीले सुनसरीमा अवैध लागूऔषध र २ लाख ३७ हजारसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ९ बगैंचा टोलका ४१ वर्षीय शुभचन्द्र राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको साथबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन प्लस १ हजार २८० क्याप्सुल, नाइट्रोसन ३ सय ट्याब्लेट, एक सय एमएलको डाइलेक्स डीसी ८० बोतल र नगद २ लाख ३७ हजार रुपैयाँ बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय धरानबाट अनुसन्धानका लागि खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध र नगद फेला पारेको हो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !