जनकपुरधाम, वैशाख ३० गते । नेपालमा पनि कोरोना भाइरस महामारीको विस्तारै बढदै गएको छ । मंगलवार मात्रै एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमवार सम्म १ सय ३४ रहेको संक्रमितको संख्या मंगलवार बिहानसम्म १ सय ९१ पुगेको छ । थपिएका नयाँ संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार फेला परेका संक्रमित सबै पुरुष रहेको हुन् ।
एक/दुई वटा गर्दा गर्दै संख्यामा वृद्धि हुँदै सोमवार मात्रै २४ जना संक्रमित फेला परेको थियो भने मंगलवार ५७ जना फेला परेको हो ।
संक्रमित वृद्धिदर क्रमलाई रोकिएन नभने भयावह अवस्था श्रृजना हुन सक्ने सम्भावना रहेको विज्ञहरुको भनाईछ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !