विराटनगर, वैशाख २६ गते । कोरोना भाइरस संक्रमणबाट निको भएर विराटनगरको कोसी अस्पतालबाट ८ जना डिस्चार्ज भएको छ ।
उनीहरुको दुई पटकसम्म स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कोशी अस्पतालले जनाएको छ । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उपचारपछि निको भएर घर फर्कने ७ नेपाली र एक जना भारतीय नागरिक रहेको जनाएको छ ।

यसअघि गएको बुधबार ६ जना भारतीय नागरिक पनि कोशी अस्पतालबाट डिस्चार्ज भएका थिए । शुक्रबार ८ जना फर्केपछि अब प्रदेश १ मा फेला परेका ३१ जनामध्ये अब १७ जना हाल कोशी अस्पताल उपचाररत रहेका छन् ।
यो सँगै देशभर जम्मा संक्रमित १ सय २ जना मध्ये निको भएर घर फर्कनेको संख्या २७ पुगेको छ । तीन जना निको भएका व्यक्तिमा पुनः संक्रमण देखिएपछि अस्पताल भर्ना भएका छन् ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !