उदयपुर, वैशाख १० गते । उदयपुरमा ११ जना संक्रमित भेटिएको भोली पल्टै थप ३ जनामा कोरोना संक्रमण पाइएको छ ।

नेपालमा अब संक्रमितको संख्या ४५ पुगेको छ ।
जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका अनुसार धरानमा गरिएको पीसीआर परीक्षणमा ३ वटा नमूना थप ३ जना पोजेटिभ पाइएको हो ।
उदयपुरको भुल्केमा कोरोना संक्रमण देखिएपछि त्यहाँबाट संकलन गरी ल्याइएका स्वाबको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयमा प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
यी ३ जनामा पुष्टि भएसँगै उदयपुरमा संक्रमित हुनेको संख्या २७ पुगेको छ ।
देशभरका संक्रमित ४५ मध्ये ७ जना निको भई हालसम्म घर फर्किसकेका छन् ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !