जनकपुरधाम, वैशाख ९ गते । नेपालमा एकैदिन थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा अब संक्रमितको संख्या ४२ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ३ र वीपी कोइराला प्रतिष्ठान धरानमा पीसीआर बिधिबाट परीक्षण गरिएकोमा ११ जनामा मंगलवार मात्रै ११ जनामा पुष्टि भएको हो । संक्रमण पुष्टि भएका सबै उदयपुरकै हुन । उदयपुरमा संक्रमितको संख्या कुल २४ हुन पुगेको छ ।

यसअघि उदयपुर जिल्ला त्रियुगा नगरपालिकास्थित भुल्केमा शंकास्पदको परिक्षण गर्दा १३ जनाको नतिजा पोजेटिभ भइ बिराटनगर स्थित कोशी अस्पतालमा उपचाररत रहेका छन ।
तिनीहरुको सम्पर्कमा रहेका २ सय ६० जनाको काठमाडौँ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकोमा ३ जनाको नतिजा पोजेटिभ देखिएको र २० जनाको हाल परिक्षण भैरहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
अन्य थप ६९ जनाको परीक्षणको लागि बिराटनगरस्थित कोशी अस्पतालमा हिजै नमुना पठाइएकोमा अस्पतालबाट ८ जनाको नतिजा पोजेटिभ देखिएकोले थप परिक्षणको लागि आज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकोमा परिक्षण गर्दा थप पुष्टी भएकोले निजहरूलाई हाल बिराटनगर स्थित कोशी अस्पतालमा उपचारका लागि पठाइएको छ ।
मन्त्रालयका अनुसार सोमबार पुष्टी भएका संक्रमितहरूमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ बर्षीय पुरुष, ३६ बर्षीय महिला र १ जना उमेर नखुलेको महिला गरी जम्मा ११ जनाको नतिजा पोजेटिभ देखिएको मन्त्रालयका सह प्रवक्ता डा. समिर अधिकारीले बताएका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !