काठमाडौ, वैशाख ६ गते । उदयपुरमा १२ जना संक्रमित भेटिएपछि तिनीहरुको सम्पर्कमा आएको व्यक्तिहरुको खोजी कार्य तिव्र पारेका छन ।
उदयपुर प्रहरीले त्यस्ता व्यक्तिको खोजीको संगै संक्रमित बसेको उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के क्षेत्रलाई सिल गरी कन्ट्याक्ट ट्रेसिङ सुरु गरेको हो ।

त्यहाँस्थित मस्जिदमा बसेका १२ जनाको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको रपोर्ट बिहीबार सार्वजनिक भएको थियो । तीमध्ये ११ जना भारतीय र १ नेपाली रहेको छ ।
ती व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी कार्य तिव्र रुपमा भइरहेको उदयपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) वीरबहादुर बुढा मगरले जानकारी दिए ।
संक्रमित १२ जनालाई अहिले प्रदेश १ को विराटनगरस्थित प्रादेशिक अस्पताल लगिएको छ भने उनीहरूसँग भौतिक निकटता कायम गरेका ४ जनालाई मोरङको टाँडीस्थित क्वारेन्टिनमा राखिएको प्रहरीले जनाएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !