वीरगंज, विश्वभरि कोरोना भाइरस महामारीको रुप लिइदै गएको अवस्थामा बचाउ सामाग्री मास्क स्टोक गर्नुपर्नेमा तस्कारी गरिरहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।
प्रदेश २ मूल नाका पर्साको विरगंजबाट २० हजार मास्कसहित दुईजना पक्राउ परेका छन् । नेपालबाट भारततर्फ लैजान लागिएको सो मास्क सहित तिनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष ३८ का सुलिन जैसवाल र वर्ष २६ का अजय महतो कोइरी रहेको बताइएको छ ।
पक्राउ परेका दुबै जनाले काठमाडौँबाट मास्क खरिद गरी बसमा लोड गरेर भारततर्फ लगिरहेको अवस्थामा पोखरिया नगरपालिका वडा नम्बर ४ बाट जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जनालाई हिरासतमा राखि आवश्यक अनुसन्धान भइरहेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !