लोक समाचारदाता
जनकपुरधाम, फागुन २७ गते ।
यसवर्ष फागुन शुक्ल पुर्णिमा, हिमाल तथा पहाडमा होली मनाइयो तर जनकपुरधाममा दुई दिनसम्म कोरोना भाइरसका लागि सचेतना सहित होली मनाइदैछ ।
तराई मधेशमा भने मंगलवार होली मनाइएको छ । तर जनकपुरधाम हिन्दु धार्मिक परम्परा अनुसार मंगलवारका दिन माछा मासु खान नसक्ने भनी बुधवार मनाउने सर्वसाधारण बताउंछन ।

जनकपुरधाममा केहीले मंगलवार र अधिकांशले बुधवार मनाउने भएको छ । जनकपुरधाम नजिकको क्षेत्रमा बुधवार होली हुने छ भने साकाहारी (वैष्णव समुदाय) ले सहित अधिकांशले मंगलवार नै होली मनाइ रहेको छ । होलीको अवसरमा संघिय सरकारले सोमवार तथा प्रदेश २ सरकारले मंगलवार र बुधवार सार्वजानिक दुई दिन बिदा दिएकाले समेत यस वर्ष तिन दिन सम्म होली मनाइने छ ।
यस वर्ष कोरोना भाइरसको प्रभाव र त्रासका कारण पहाडका जिल्लामा भने होलीको रौनक तथा चहलपलहमा भने कमि देखिएको छ । तराई मधेशमा भने होलीको रौनकमा कमि नहुने सर्वसधारणहरु बताउछन् ।

होली आस्थाका साथै मनोरञ्जनको पर्व समेत हो, सबैले आ आफ्नो तरिकाले मनाइरहेका छन । मंगलवार होली पर्व परेको हुनाले माछा मासु नखानेहरु वैष्णव समुदायले मंगलवार नै होली मनाइरहेका छन भने माछा मासु खाने व्यक्तिहरुले मनोरञ्जन गर्ने उद्देश्यले बुधवार मनाउने भएको छ ।
कोरोना भाइरसको प्रभावले होलीको अवसरमा अन्य वर्षका तुलना यसवर्ष सर्वसाधारणको हर्षोल्लासमा कमी देखिएको छ । संघ संस्थाहरुले होलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेपनि सहभागिता न्यून देखिएकोछ ।
सर्वसाधारण कोरोना भाइरसको सचेतनाका लागि एक अर्कालाई मुख र शरीरमा रंग तथा अबीर छोएर होइन परैबाट दल्ने प्रक्रिया अपनाउने प्रयास गरेका छन । अन्य वर्ष जस्तै यसवर्ष विभिन्न संघ संस्थाहरुले मनाउंदै मटकाफोर कार्यक्रम कोरोना भाइरसको कारणले नमनाउने भएको छ ।
त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।
त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !