लोक समाचारदाता
बिराटनगर, फागुन २६ गते ।
मोरङ र झापा जिल्लाका छुट्टा छुट्टै स्थानबाट प्रहरीले प्रतिबन्धित लागू औषध ब्राउन सुगर पक्राउ गरेको छ ।
प्रहरीले तिनीहरुको साथबाट १६ ग्राम २५ मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको हो । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बेलवारी नगरपालिका ८ का २९ बर्षीय कमान सिंह राईलाई १५ ग्राम खैरो हेरोईन ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
सीमावर्ती जोगवनीबाट नेपाल तर्फ आइरहेको क्रममा चेकजाँचको क्रममा राईको साथबाट प्रहरीले १५ ग्राम ब्राउनसुगर बरामद गरेको थियो ।
त्यसैगरी झापाको ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ७ का ३४ बर्षीय सुरेश खतिवडा र मेचीनगर नगरपालिका(१३ का २२ बर्षीय बिष्णु गिरीलाई १ ग्राम २५ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।
प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !