लोक समाचारदाता
जनकपुरधाम, माघ ५ गते ।
माघ ५ गतेलाई बलिदानी दिवस घोषणा गर्दै प्रदेश २ सरकारले आज सार्वजनिक विदा दिएको छ ।
मधेश आन्दोलनको शुरुवात माघ ५ गते नै भएको र आन्दोलनमा शहादत प्राप्त गरेकाहरुको सम्झनामा गर्दै प्रदेशमा सार्वजनिक विदा दिएको हो ।
प्रदेश सरकारले पहिलो पटक औपचारिक कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाउन लागेको छ । वीरगंजमा आयोजना हुने बलिदानी दिवस कार्यक्रममा प्रदेश सरकार मन्त्रीहरु, मधेश आन्दोलनका सहयात्री दलका नेताहरु, शहिद परिवार, नागरिक समाज बुद्धिजिवी सहितको सहभागिता रहने जनाइएको छ ।
सो कार्यक्रममा शहीद परिवारलाई सम्मान समेत गरिनेछ । प्रथम मधेश विद्रोहको क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतोले दिएको प्रथम बलिदानी दिवसको अवसर पारेर मधेश केन्द्रित दलहरु माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउदै आएको थियो ।
गत वर्ष प्रदेश सरकारले सिरहाको लहानमै अनौपचारिक रुपमा बलिदानी दिवस मनाएको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !