लोक समाचारदाता
काठमाडौ, पुस १८ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र आरोपमा सिन्धुलीको सुनडाँडा भद्रकाली प्राथमिक विद्यालयमा कार्यरत एक शिक्षक विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
भारतको विहार विद्यालय परीक्षा बोर्ड पटनाबाट जारी गरिएको हाइस्कुल तहको झुठ्ठा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र शिक्षिका ज्ञानु रायमाझीले पेश गरी सरकारी लाभ सुविधा लिएको भन्दै आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
रायमाझी २०५४ साल भदौ १४ गते अस्थायी नियुक्ति लिएर शिक्षण पेशामा प्रवेश गरेका थिए । सोही शैक्षिक योग्यताको प्रमाणपत्रको आधारमा रायमाझी ०६३ साल साउन ३० गते प्राथमिक शिक्षकको रुपमा स्थायी नियुक्तिमा कार्यरत छिन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !