लोक समाचारदाता
विराटनगर, पुस १४ गते ।
मोरंगको धनपालथान गाउँपालिका ३ स्थित कर्सिया बजारमा ट्र्याक्टरले स्कूटरलाई ठक्कर दिंदा एक जनाको ज्यान गएको छ ।
आइतबार साँझ पूर्वबाट आइरहेको को ३८ प १७७ नम्बरको स्कुटरलाई विपरित दिशाबाट गइरहेको को १ त ७८४३ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्कूटर चालक सुनसरीको दुहबी नगरपालिका २ का १८ वर्षीय रुपेश चौधरीको मृत्यु भएको मोरंग प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको हो । सोही स्कूटरमा बसेका अन्य एक जना चन्द्रप्रसाद चौधरी समेत घाइते थियो । उनको उपचार कोशी अस्पतालमै भइरहेको बताइएको छ ।
घटना पश्चात ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !