लोक सम्वाददाता
जनकपुरधाम, असोज १७ गते ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले देश र प्रदेशलाई समृद्ध बनाउनका नेतृत्व लिन शिक्षित युवाहरुलाई राजनीतिमा आउन आग्रह गरेका छन् ।
बिहीवार जनकपुरधाममा समाजवादी विद्यार्थी युनियन धनुषाद्वारा विजया दशमी, दिपावली र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो आग्रह गरेका हुन ।
कार्यक्रममा बोल्दै मन्त्री यादवले देशको नेतृत्व अशिक्षित व्यक्तिहरुको हाथमा रहेको संकेत गर्दै भने देशमा राजनीति जस्तो हुन्छ समाज त्यस्तै निर्माण हुन्छ, राजनीति नै देशका लागि आयाम हुन त्यसैले सही राजनीतिका लागि साक्षर योग्य युवा विद्यार्थीलाई राजनीतिमा आउन जरुरी छ ।

उनले भने जुन शिक्षित र योग्य व्यक्तिलाई समाजमा परिवर्तन गर्ने सोच छ जसले उच्च मनोबलका साथ राजनीतिमा आउन चाहन्छ उहाँलाई हामी स्वागत गर्दछौ । राम्रा शिक्षित र योग्य व्यक्ति पनि राजनीतिमा छन तर उनको प्रतिशत हेर्दा निकै नै न्यून रहेको चर्चा गर्दै उनले भने शिक्षित र योग्य व्यक्ति राजनीतिमा आएर नेतृत्व लिन सफल भयो भने प्रदेश मात्रै होइन सम्पूर्ण देशमै आमूल परिवर्तन हुनेछ ।
एक अर्को प्रसंगको चर्चा गर्दै मन्त्री यादवले भने प्रदेशमा सबै भन्दा बढी बेरोजगारी निरिक्षर हुनुको प्रमुख कारण नै शिक्षा रहेकोले प्रदेश सरकारले शिक्षाको आमूल परिवर्तन गर्ने उद्देश्यले आम व्यक्तिको जिवन जिविकासँग आबद्ध प्राविधिक शिक्षामा जोड दिएको छ ।
साथै उनले जबसम्म विभेदको अन्त्य हुँदैन तबसम्म प्रदेश समृद्ध हुन सक्दैन, त्यसैले प्रदेश सरकारले विभेद रहित समतामूलक शिक्षित प्रदेश बनाउन सरकार लागि परेको चर्चा गर्दै भने त्यसको पहिलो परिणाम नै बेटी पढाउ बेटी बचाउ कार्यक्रम अघि ल्याइएको भने ।
सो कार्यक्रममा समाजवादी पार्टी नेपाल धनुषाका अध्यक्ष पशुपति यादव, समाजवादी विद्यार्थी युनियनका बरुण यादव, जनकपुरधाम नगरअध्यक्ष विष्णुदेव साह लगायतका वक्ताहरुले पनि आ आ आफ्ना धारणा राखेका थिए । कार्यक्रममा दर्जनौ विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !