जनकपुरधाम, वैशाख २२ गते ।
समाचार लेखेको कारण पत्रकारलाई धम्की दिने महोत्तरीको सोनमा गाउँपालिकाका कार्यापालिका पदाधिकारीलाई कारवाही गर्न मधेशी पत्रकार समाज नेपाल धनुषाले मांग गरेको छ ।
आइतवार एक प्रेस विज्ञप्ति जारी समाजले समाचारप्रति असन्तुष्टि भए कारवाही गर्ने निकायहरु छन् । त्यहाँ गएर समस्याको समाधान गर्न सकिनेछ तर कुनै अप्रिय घटना घटाउने सहितका धम्की दिनु सरासर गलत रहेको भन्दै जिम्मेवार पदाधिकारीले यसप्रकारको धम्की दिनु देश र जनता दुवैको घातक र निन्दीय रहेको ठहर गरेको छ ।
समाजका जिल्ला अध्यक्ष सुभाष कर्णद्वारा जारी सो प्रेस विज्ञप्तिमा महोत्तरी पोष्ट र टुडेपाटी अनलाईनका पत्रकारलाई समाचार लखेको कारण सोनमा गाउँपालिकाका प्रवक्ताले दिएको धम्कीप्रति ध्यानाकर्षण भएको भन्दै धम्की दिने निकायका जिम्मेवार पदाधिकारीलाई कारवाही गर्न सम्बन्धित निकायसँग माँग गरिएको छ ।
स्थानीय तहको प्रमुख काम, कर्तव्य र अधिकार हो पदीय जिम्मेवारी वहन गर्दै स्थानीय जनताको समृद्धि र विकास गर्ने तर भ्रष्टाचारमा लिप्त स्थानीय तहका पदाधिकारीहरुले डनगिरी झै पत्रकारलाई धम्की दिन थालेपछि स्थानीय तहको विकास होइन विनाश निश्चित रहेको समाजको भनाई छ ।
महोत्तरी पोष्ट र टुडेपाटी अनलाईनका सम्बन्धित पत्रकारको सुरक्षाको प्रत्याभुति गर्न गराउन प्रदेश एवं संघीय सरकारसँग माँग गर्दै यस प्रकारको व्यवहार पुनः दोहरिएमा मधेशी पत्रकार समाज धनुषाले अन्य विरोधका कार्यक्रम जोडदार रुपमा अघि बढाउने सम्बन्धित पक्षलाई सचेत गराएको छ ।
गएको शनिवार महोत्तरी पोष्ट र टुडेपाटी अनलाईनमा “केटी भगाएको भन्दै जनप्रतिनिधिले गरे कुटपिट” भन्ने शिर्षकको समाचारलाई आधार बनाएर ती संचारमाध्यमका पत्रकारलाई सोनमा गाउँपालिकाका प्रवक्ता अशोककुमार यादवले प्रेस विज्ञप्ति जारी गर्दै धम्की दिएका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !