जनकपुरधाम । धनुषामा गएको असोज महिनामा विभिन्न प्रकृतिका १५९ वटा अपराधसम्बन्धी घटना दर्ता भएका छन् भने विभिन्न अपराधमा एकसय एकजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको मासिक प्रगति विवरण अनुसार सोही अवधिमा लागूऔषध कारोबार तथा ओसारपसारसम्बन्धी १० वटा मुद्दा दर्ता गरी ११ जना पक्राउ परेको हो ।
प्रहरीको तथ्यांकले जिल्लामा चोरी, आत्महत्या, सामाजिक अपराध, आर्थिक कसुर, सवारी दुर्घटना तथा महिला र बालबालिकासम्बन्धी घटनाहरू प्रहरीको प्रमुख कार्यक्षेत्रमा रहेको देखाएको छ ।
असोज महिनामा आत्महत्या सम्बन्धी १७, चोरीका ७, सामाजिक अपराधका ३४, महिला तथा बालबालिकासम्बन्धी १० र सवारी दुर्घटनासम्बन्धी ४ घटना दर्ता भएका छन् । त्यस्तै, कर्तव्य ज्यानसम्बन्धी ४ घटना पनि प्रहरीको अभिलेखमा समेटिएका छन् ।
आर्थिक अपराधतर्फ बैंकिङ कसुरका ७, जुवातासका १, ठगीका २१ र मुद्रासम्बन्धी १ घटना दर्ता भएको विवरणमा उल्लेख छ । यी तथ्यांकले अपराध नियन्त्रणसँगै अनुसन्धान र कानुनी कारबाहीलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउँछन् ।
धनुषा प्रहरीले चालु मुद्दाका १०१ जना प्रतिवादी पक्राउ गरेको जनाएको छ । यसैगरी अदालतबाट भएका फैसला कार्यान्वयन गर्ने क्रममा १०१ जना प्रतिवादी पक्राउ परेका छन् ।
प्रहरीको विवरणअनुसार फैसला कार्यान्वयनतर्फ पक्राउ परेकाहरूको हकमा १० वर्ष १ महिना ५ दिन कैद र ५७ लाख ८२ हजार ६६६ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने देखिएको छ । सार्वजनिक चासोका रूपमा रहेका मुद्दामध्ये १ हजार २७२ वटा मुद्दाको अभिलेख रहेको र तीमध्ये ८६ वटा फछ्र्योट भएको विवरणमा उल्लेख छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी एउटा मुद्दासमेत दर्ता भएको जनाइएको छ ।
लागूऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले असोज महिनामा १० वटा मुद्दा दर्ता गरी ११ जनालाई पक्राउ गरेको छ । यस अवधिमा १०८ किलोग्राम गाँजा र २०४.७७ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीको विवरणमा उल्लेख छ ।
त्यसैगरी नाइट्राजेपाम, डाइजेपाम, प्रोक्सिहम–स्पास, आई–कोफलगायतका औषधि तथा विभिन्न प्रकारका ट्याब्लेट र एम्पुल पनि बरामद गरिएको छ । चरेस र अफिम भने उक्त अवधिमा बरामद नभएको विवरणमा उल्लेख छ । लागूऔषधको कारोबार तथा दुरुपयोग नियन्त्रणका लागि प्रहरीले निगरानी, अनुसन्धान र पक्राउ अभियानलाई निरन्तरता दिएको जनाएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी शीर्षकमा असोज महिनामा ८४ वटा उजुरी परेको विवरणमा उल्लेख छ । उमेरगत विवरणअनुसार १८ वर्षमुनिका २, १९ देखि २५ वर्षका ३०, २६ देखि ४० वर्षका ३२, ४१ देखि ५९ वर्षका १३ तथा ६० वर्षमाथिका ७ जना पीडित रहेका छन् ।
यसैबीच महिला, पुरुष, बालबालिका तथा ज्येष्ठ नागरिक हराउने र फेला पर्ने घटनासम्बन्धी अभिलेखमा ६९ जना हराएको र ४९ जना फेला परेको उल्लेख छ । हराएका व्यक्तिको खोजी तथा फेला परेकालाई सम्बन्धित परिवारसम्म पु¥याउने कार्य पनि प्रहरीको जिम्मेवारीभित्र पर्दछ ।
प्रहरी कार्यालयमा परेका ठाडो उजुरीसम्बन्धी विवरणमा प्रत्यक्ष रूपमा कार्यालयमा ८६८ वटा उजुरी परेको, ५८२ वटा फछ्र्योट भएको र २८६ वटा बाँकी रहेको उल्लेख छ । जिल्ला प्रशासन कार्यालयमार्फत आएका ३० उजुरीमध्ये १९ वटा फछ्र्योट भएका र ११ वटा बाँकी रहेको जनाइएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !