Tuesday, October 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेशमा नयाँ सरकार गठन बारे प्रतिपक्षी दलबीच छलफल शुरु


मधेशमा नयाँ सरकार गठन बारे प्रतिपक्षी दलबीच छलफल शुरु

जनकपुरधाम । मधेस प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएपछि नयाँ सरकार गठनको कसरतमा प्रतिपक्षी दलहरु जुटेका छन् ।

नयाँ सरकार गठन बारे प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपाल (जसपा), नेकपा एमाले र जनमत पार्टीबीच छलफल भएको बुझिएको छ । तीनै दलबिच नयाँ गठबन्धन बनाएर सरकार गठन गर्ने विषयमा सकारात्मक छलफल भएको नेताहरूले बताएका छन् ।

वर्तमान सरकारले विगतमा भएका सहमति कार्यान्वयन नगरेको र जनताले पनि सरकारको कामको अनुभूति गर्न नसकेको भन्दै एमालेले समर्थन फिर्ता लिएको मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले बताए । अब अन्य दलसँग मिलेर नयाँ सरकार गठन गर्ने प्रयासमा एमाले जुटेको उनले भने ।

एमाले संसदीय दलका नेता समेत रहेका सरोजले कृष्णप्रसाद यादव नेतृत्वको सरकारमा चार–पाँच महिना सहभागी हुँदा पनि सहमति कार्यान्वयन नभएकाले सरकारबाट बाहिरिनु परेको बताएका छन् ।

उनले भने, ‘हामीले चार–पाँच महिना सरकारमा बसेर काम ग¥यौँ । तर, उहाँहरूले गरेको सहमति कार्यान्वयन गर्न मान्नुभएन । हामीकहाँ पनि सरकारको कामलाई लिएर जनताका गुनासा आइरहेकाले समर्थन फिर्ता लिन बाध्य भयौँ ।’

नयाँ सरकार गठनका विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबिच केन्द्रमा एक चरणको छलफल भइसकेको र उक्त छलफल सकारात्मक भएको बताउँदै प्रदेश तहमा पनि जसपा तथा जनमत पार्टीसँग संवाद भइरहेको उने जानकारी दिएका छन् ।

उनका अनुसार जसपासँगै जनमत पार्टीसँग पनि सरकार गठनका विषयमा छलफल भएको र ती दलहरु एमालेसँग मिलेर सरकार बनाउन सकारात्मक रहेको छ । चाडपर्व सकिएपछि तीन दलबिच सहमति जुट्ने उनको दाबी छ ।

उनले संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठनको प्रक्रिया अघि बढ्ने सम्भावनालाई ध्यानमा राखेर गृहकार्य भइरहेको बताए । उनका अनुसार प्रदेशको राजनीतिमा सहमति गरेर पछि हट्ने प्रवृत्ति देखिएकाले ठोस सहमति नहुँदासम्म अहिलेको छलफललाई अन्तिम निष्कर्षका रूपमा लिन सकिँदैन ।

नेतृत्वमा जसपको दाबी

यता, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादवले पनि नयाँ सरकार गठनका लागि एमाले र जनमत पार्टीसँग छलफल भइरहेको जानकारी दिएका छन् । उनका अनुसार तीनै दलका अध्यक्षबिच केन्द्रबाटै सहमति जुटाउने प्रयास भइरहेको छ । आगामी केही दिनभित्र सरकार गठनको विषय टुंगिने उनको भनाई छ ।

वर्तमान सरकार २९ गतेसम्म कायम रहने र त्यसअघि नै तीन दलका अध्यक्षबिच छलफल गरेर सरकार गठनबारे सहमति जुटाउने प्रयासमा रहेको उनले बताए । उनले भने ‘हाम्रा राष्ट्रिय अध्यक्ष अहिले विराटनगर जानुभएको छ । उहाँ काठमाडौँ फर्किएलगत्तै सरकार गठनका विषयमा सहमति जुटाउने प्रयास भइरहेको छ ।’

गत असोज ३० गते नेकपा एमाले तीनदलीय गठबन्धन सरकारबाट बाहिरिएपछि मधेस प्रदेश सरकार अल्पमतमा परेको छ । यद्यपि, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । १०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्नेछ ।

प्रदेशसभामा नेपाली कांग्रेसका २२, नेकपा एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् । यो सिट संख्याका आधारमा एमाले, जसपा र जनमत पार्टीबिच सहमति भए उनीहरूको कुल संख्या ६२ पुग्छ । यो संख्या सरकार गठनका लागि आवश्यक बहुमतभन्दा बढी छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’
Blast News

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

२०८३ कार्तिक १०, सोमबार १८:४२
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

धनुषामा एक महिनामै १५९ अपराध, १०१ पक्राउ

२०८३ कार्तिक १०, सोमबार १८:४२
पूर्वमन्त्री यादवद्वारा कुर्थामा गरिएका विकास निर्माणका दर्जनाै याेजनाकाे अनुगमन
Blast News

पूर्वमन्त्री यादवद्वारा कुर्थामा गरिएका विकास निर्माणका दर्जनाै याेजनाकाे अनुगमन

२०८३ कार्तिक १०, सोमबार १८:४२
जनकपुरधाममा खुल्यो भारतीय इलेक्ट्रिक स्कुटर जेलियोको शोरुम
अन्य

जनकपुरधाममा खुल्यो भारतीय इलेक्ट्रिक स्कुटर जेलियोको शोरुम

२०८३ कार्तिक १०, सोमबार १८:४२
रामानन्द युवा क्लबको मेलामा जोखिमपूर्ण झुला, दुर्घटनाको जिम्मेवारी कसले लिने ?
Blast News

रामानन्द युवा क्लबको मेलामा जोखिमपूर्ण झुला, दुर्घटनाको जिम्मेवारी कसले लिने ?

२०८३ कार्तिक १०, सोमबार १८:४२
जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम
Blast News

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम

२०८३ कार्तिक १०, सोमबार १८:४२

ताजा खबर

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

धनुषामा एक महिनामै १५९ अपराध, १०१ पक्राउ

मधेशमा नयाँ सरकार गठन बारे प्रतिपक्षी दलबीच छलफल शुरु

मधेशमा नयाँ सरकार गठन बारे प्रतिपक्षी दलबीच छलफल शुरु

पूर्वमन्त्री यादवद्वारा कुर्थामा गरिएका विकास निर्माणका दर्जनाै याेजनाकाे अनुगमन

पूर्वमन्त्री यादवद्वारा कुर्थामा गरिएका विकास निर्माणका दर्जनाै याेजनाकाे अनुगमन

जनकपुरधाममा खुल्यो भारतीय इलेक्ट्रिक स्कुटर जेलियोको शोरुम

जनकपुरधाममा खुल्यो भारतीय इलेक्ट्रिक स्कुटर जेलियोको शोरुम

रामानन्द युवा क्लबको मेलामा जोखिमपूर्ण झुला, दुर्घटनाको जिम्मेवारी कसले लिने ?

रामानन्द युवा क्लबको मेलामा जोखिमपूर्ण झुला, दुर्घटनाको जिम्मेवारी कसले लिने ?

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव