Saturday, September 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


जनकपुरधाम । मधेश प्रदेश सरकारका पूर्व अर्थमन्त्री शैलेन्द्र साह सहित ७ जनाविरुद्ध सर्लाहीको बाग्मती म्युनिसिपल पार्क र रिसोर्टको दोश्रो चरणको निर्माणमा भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व अर्थमन्त्री साह सहित मधेश प्रदेश सरकारको अर्थमन्त्रालयका तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुर, सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मोक्तान, प्रमुख प्रशाकीय अधिकृत विमलकुमार पोखरेल, मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयका उपसचिव उद्धवराज न्यौपाने र ठेकेदार बिकोई धुलिखेल जेवीका प्रतिनिधि युवराज पोखरेलमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले उक्त निर्माणमा ३९ करोड ३९ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबी गरे पनि आरोपितहरूमाथि कैद सजाय सहित फरक–फरक बिगो र जरिवाना मागदाबी गरेका छन ।

मधेश प्रदेश सरकारका पूर्वअर्थमन्त्री साह र सचिव ठाकुरमाथि ३५ करोड रुपैयाँ बिगो मागदाबी छ भने मेयर थापा, उपमेयर मोक्तान र प्रमुख प्रशासकीय अधिकृत पोखरेलमाथि ३९ करोड ३९ लाख रुपैयाँ हानिनोक्सानी पु¥याएको आरोप लगाएको छ ।

तर मधेश प्रदेश सरकारका उपसचिव उद्धवराज न्यौपानेमाथि २० करोड र ठेकेदार कम्पनीमाथि ३९ करोड ३९ लाख रुपैयाँ हानिनोक्सानी पु¥याएको आरोप लगाउंदै कैद सजाय सहित बिगो र जरिवाना मागदाबी गरेको छ ।

आयोगका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा बागमती फनपार्क एण्ड रिसोर्ट आयोजनाको मूल विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरी नगर विकास कोषको प्राविधिक तथा वित्तीय परीक्षणपछि आयोजना आर्थिक रूपमा सम्भाव्य रहेको निष्कर्ष निकालिएको थियो ।

त्यसका आधारमा नगर विकास कोषले कुल आयोजनाको लागतको ५० प्रतिशत अर्थात् करिब ११ करोड ९९ लाख ५९ हजार ५ सय रुपैयाँ ऋण लगानी गरेको थियो ।

त्यसपछि बागमती नगरपालिकाले पहिलो चरणको निर्माणका लागि ठेक्का आह्वान गरी लागत अनुमानभन्दा २४.५ प्रतिशत कम मूल्यमा गौरी पार्वती–सुनकोशी–धुलिखेल जेभीसँग सम्झौता गरेको थियो ।

अनुसन्धानका क्रममा पहिलो चरणको मूल डीपीआरमा परिकल्पना नै नगरिएको बागमती नदीको तटीय क्षेत्रमा आरसीसी काउन्टरफोर्ट (सियर) रिटेनिङ वाल लगायतका संरचना निर्माण गरिएको र पहिलो चरणको निर्माण जारी रहेकै अवस्थामा दोस्रो चरणका नाममा पुनः नयाँ डीपीआर तयार गरी थप संरचना समावेश गरिएको खुलेको आयोगले जनाएको छ ।

आयोगका अनुसार दोस्रो चरणको डीपीआर तयार गर्दा पहिलो चरणको मूल डीपीआरको पुनरावलोकन गरिएन। भू–बनोट, जोखिम विश्लेषण, लागत–प्रतिफल, आर्थिक व्यवहार्यता तथा आवश्यकताको अध्ययन नगरी नयाँ संरचना थप गरिएको थियो। मूल डीपीआरले आवश्यक नठानेका संरचनालाई समावेश गरी निर्माण व्यवसायीलाई फाइदा पुग्ने गरी योजना परिवर्तन गरिएको आयोगको निष्कर्ष छ ।

आर्थिक वर्ष २०७८/७९ मा दोस्रो चरणका लागि ४२ करोड ६८ लाख २९ हजार ९८९ रुपैयाँ लागत अनुमान तयार गरी ठेक्का आह्वान गरिएको थियो । उक्त ठेक्का लागत अनुमानभन्दा ०.६० प्रतिशत कम अर्थात् ३७ करोड ८० लाख ६९ हजार २३० रुपैयाँ ४५ पैसामा बिकोई–धुलिखेल जेभीसँग सम्झौता गरिएको थियो ।

आयोगले आरोपपत्रमा बागमती नगरपालिकाले सार्वजनिक खरिद प्रक्रियामा सीमित निर्माण व्यवसायीलाई मात्रै लाभ पुग्ने गरी जटिल मूल्याङ्कनका आधार तयार गरेको उल्लेख गरेको छ । धुलिखेल निर्माण सेवा प्रालिसँग मेल खाने कार्यानुभव (क्राइटेरिया) राखिएको, सब–कन्ट्र्याक्टिङ तथा आउटसोर्सिङबाट समेत पूरा गर्न सकिने योग्यता माग गरी प्रतिस्पर्धा सीमित गरिएको आरोप लगाइएको छ ।

यसबाहेक स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८२(२)(ट) विपरीत सार्वजनिक खरिदसँग सम्बन्धित विषय नगर कार्यपालिकाबाट स्वीकृत गराइएको पनि आयोगले जनाएको छ ।

अनुसन्धानबाट दोस्रो चरणको डीपीआर तयार गर्दा परामर्शदातालाई पहिलो चरणको मूल डीपीआरबारे पर्याप्त जानकारी नदिई निर्माण व्यवसायीलाई अनुचित लाभ पुग्ने गरी संरचना थप गरिएको तथा पहिलो चरणको निर्माणाधीन संरचनाको सुरक्षा गर्ने बहानामा आवश्यकताविहीन संरचना समावेश गरी राज्यलाई थप आर्थिक दायित्व सिर्जना गरिएको आयोगको दाबी छ ।

बोलपत्र मूल्याङ्कनका क्रममा बिकोई–धुलिखेल जेभीका आधिकारिक प्रतिनिधि युवराज पोखरेलले स्ट्रीट लाइटसम्बन्धी कार्यानुभव देखाउन सार्वजनिक निकायमा फर्जी तथा झुट्टा कागजात पेश गरी मूल्याङ्कनमा सफल भएको आरोप पनि आयोगले लगाएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८३ श्रावण ७, बिहीबार १९:४३
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८३ श्रावण ७, बिहीबार १९:४३
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८३ श्रावण ७, बिहीबार १९:४३
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०८३ श्रावण ७, बिहीबार १९:४३
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०८३ श्रावण ७, बिहीबार १९:४३
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८३ श्रावण ७, बिहीबार १९:४३

ताजा खबर

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव