Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

हंसपुर नपामा मेयरको दादागिरी : स्थानीय संगै प्रहरी लगाएर उपमेयर सहित आधा दर्जनलाई घाइते बनाए


लोक सम्वाददाता
जनकपुरधाम, साउन २१ गते ।
धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयर पक्षबीचको विवाद चरमोत्कर्षमा पुगेर कुटाकुटसम्मको अवस्था श्रृजना भएको छ ।
नगरपालिकाका मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झाबीच पदीय जिम्मेवारीबाट शुरु भएको विवाद कार्यालय छुट्टा छुट्टै संचालनसम्म मात्र नरहेर अब दुवै पक्षबीच कुटाकुटसम्म पुगिसकेको छ ।
मंगलवार विवाद यहाँसम्म पुग्यो कि मेयर मण्डलले प्रहरीको सहयोगमा आफ्ना पक्षधारका हंसपुर र कठपुलाका केही स्थानीयलाई पठाएर बलजफ्ती उपमेयरले संचालन गर्दै आएको कार्यालयबाट कार्यालय सम्बन्धी कागजात लिन पठाए ।
तर उनी सफल हुन सकेन, उपमेयर झा पक्षधरका बघचौडाको स्थानीयले प्रतिकार गर्न खोज्दा दुवै पक्षबीच झडप भयो । झडपको क्रममा मेयर मण्डलको पक्षधरसंगै आएका प्रहरीले लाठी चार्ज गर्दै उपमेयर झा र वार्ड अध्यक्ष सहित आधा दर्जनभन्दा बढीलाई घाइते बनाएका छन् ।
दुई वटा टयाक्टरमा सवार भई ५०÷६० जनाको समूहमा आएका मेयर मण्डलका पक्षधर स्थानीयले कार्यालय सम्बन्धी कागजात लिन उपमेयर झाले संचालन गर्दै आएको कार्यालयमा तोडफोड गर्न थालेपछि उपमेयर झा पक्षधरका स्थानीयले प्रतिकार गर्न खोज्दा झडप शुरु भएको थियो । झडपको क्रममा प्रहरीले तीन÷चार राउण्ड आश्रुग्यास र हवाई फायर समेत गरेको छ ।
को को भए घाइते

दुवै पक्षबीच भइरहेको क्रममा शान्ति सुरक्षाको जिम्मेवारी बोकेका प्रहरीले गरेको लाठी चार्जबाट उपमेयर झा, वडा नं. २ बघचौडाका अध्यक्ष उदय साह, तपेश्वर मण्डल, फेकन कापर, झाका सवारी चालक पुण्य खत्री लगायत आधा दर्जनभन्दा बढी घाइते भएका छन् ।
घाइते सबैको उपचार स्थानीय स्वास्थ्य चौकीमा भइरहेको छ भने घाइते मध्ये तपेश्वर मण्डलको अवस्था गम्भीर रहेकोले उनलाई प्राथमिक उपचारपछि थप उपचाकार लागि जनकपुर अंचल अस्पतालमा पठाइएको जनाइएको छ ।
यसरी भयो घटना

मेयर र उपमेयरबीचको विवाद बढेर छुटै कार्यालय संचालनको अवस्थामा पुगिसकेको छ । केही दिन अघि मेयर मण्डलले बघचौडास्थित साबिक कार्यालय छाडेर आफ्नो पायक पर्ने हंसपुरमा कार्यालय संचालन गर्न थालेपछि विवाद झन बढयो । तर उपमेयरले साबिककै ठाउँमा बघचौडा स्थित साबिक कार्यालयमा आफ्नो कार्यालय संचालन गर्दै आएका थिए ।
यसैबीचमा मेयर मण्डलले साबिक कार्यालयबाट कागजात झिक्न प्रहरी र आफ्ना मान्छे लगाएर बल प्रयोग गर्न खोज्दा मंगलवार झडपको अवस्था श्रृजना भई अवस्था तनावग्रस्त बनेको छ ।
स्थानीयहरुका अनुसार कार्यालयको ताला मेयर पक्षधरका स्थानीयले फुटाउन खोज्दा उपमेयर झाले प्रतिकार गर्दा मेयर पक्षधरका स्थानीय र संगै आएका प्रहरीले कुटन थालेपछि आपूmहरु बचाउका लागि अगाडि बढेपछि निर्घात रुपमा कुटपिट गर्दै आधा दर्जनभन्दा बढीलाई घाइते बनायो ।
झडपको क्रममा उपमेयर पक्षधर स्थानीयको संख्या बढन थालेपछि मेयर पक्षधरका स्थानीयले ज्यान जोगाउन भाग्यो तर उनले प्रयोग गरेको टयाक्टर नियन्त्रणमा लिइएको घाइते फेकन कापरले बताए ।
उनले भने झडप साम्य भइसकेको थियो तर दुईजना स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएपछि झडप उग्र बन्यो । जनताको भोट लिएर मेयर बनेका रामज्ञानको दादागिरी यति हदसम्म बढिसक्यो कि कार्यालयको कागजात लुटन आफ्ना लठैत र प्रहरी लगाएर भोट दिने जनतालाई नै निर्घात कुटपिट गराई घाइते बनाएको उनले संचारकर्मीहरु समक्ष गुनासो गरे ।
प्रहरीले नियन्त्रणमा लिएका स्थानीयलाई छोडाउन यो समाचार लेख्दासम्म दुईतर्फी झडप जारी रहेको थियो । झपड बढदै गएपछि तारापट्टी, बेलही, धनुषाधाम लगायतका प्रहरी चौकीबाट दर्जनौको संख्यामा नेपाल र शसस्त्र प्रहरी परिचालन गरिएको छ ।


प्रहरी र लठैतको सहारा लिई मेयरले झडप गरायो ः उपमेयर
संचारकर्मीसंग कुरा गर्दै उपमेयर झाले भनिन् मेयर मण्डललाई कार्यालय सम्बन्धी विवादका लागि वार्ताबाट समाधान खोज्न पटक पटक आग्रह गर्दै आएका छौं । तर उनले मानेन, आज आएर उनले बेलही प्रहरी चौकीका इन्चार्ज रामकुमार साहको सहयोगमा दर्जनौ प्रहरी र लठैत लगाएर आफ्नो कार्यालय लुटन आएको थियो । सोही क्रममा स्थानीयले अवरोध गर्न खोज्दा मेयर मण्डलका लठैत सहित प्रहरीले आधा दर्जनभन्दा बढीलाई कुटपिट गरी घाइते बनाएका छन् ।
उनले भनिन यसअघि मेयर मण्डलले रामा होटलमा भएको वार्तामा आफूलाई किन्न प्रयास गरियो, जिल्ला समन्वय समितिको बैठकमा कुरै गर्न मानेन । पटक पटक आफूलाई अनौपचारिक वार्तामा जनतासँग खेलवाड हुने गरी विभिन्न प्रलोभन देखाई किन्ने प्रयास गरेको छ ।


घटनाको सम्पुर्ण जिम्मेवारी उपमेयरलाई लिनुपर्छ ः मेयर
घटना बारे मेयर मण्डलले लोकपुकार संग कुरा गर्दै भने चेक सहित कार्यालय सम्बन्धी केही कागजात उपमेयरले आफ्नो नियन्त्रणमा राखेकोले सो कागजात लिन सम्बन्धित निकायलाई जानकारी गराई कानूनी रुपमा लिन खोज्दा उपमेयर झाले अनाहकमा विवाद श्रृजना गरी झडपसम्मको अवस्था श्रृजना गराएको हो ।
उनले भने गत आ.ब. २०७५/०७६ को विभिन्न चेक, समाजिकीकरण लगायत कार्यालयको विभिन्न कागजात उपमेयरले आफूले संचालन गरेको कार्यालयमा राखेको कारण काम गर्न समस्या भइरहेकोले सो कागजात लिन सम्बन्धित निकायको प्रहरी र कार्यालयका केही कर्मचारीलाई पठाएको थियो तर उपमेयरले प्रतिकार गर्दै झडप गरायो ।
मेयर मण्डलले चेकहरुको समय ढिलो भइरहेको काम गरेकाहरुलाई समस्या हुन सक्ने र अडिटका लागि विभिन्न कागजात समेत नहुंदा समस्या भइरहेको बताउंदै पटक पटक आग्रह गर्दापनि उपमेयर झाले नदिंदा सम्बन्धित निकायलाई जानकारी गराउंदा प्रहरी पठाएको थियो र टयाक्टरमा गएको ५/६ मान्छे कार्यालयकै कर्मचारी रहेको थियो आफूहरुले कुनै बलप्रयोग र तोडफोड नगरेको दाबी गरे ।


प्रहरीको भनाई
स्थानीयलाई नियन्त्रणमा लिइएको भन्ने जिज्ञासामा घटनास्थलमा रहेका प्रहरीले आफूहरुले कसैलाई नियन्त्रणमा लिएका छ्रैनौ, आफूहरु सुरक्षाका लागि आएको तर स्थानीयले उल्टै आफूहरुमाथि लागेपछि अवस्था सामान्य बनाउन लाठी चार्ज गर्नु परेको बताए ।
हाल घटनास्थलमा तारापट्टी, बेलही, धनुषाधाम लगायतका प्रहरी चौकीबाट दर्जनौको संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको दुईतर्फी ढुंगामुढा जारी रहेको छ । दिउंसो १२ बजेदेखि शुरु भएको प्रहरी र बघचौडाका स्थानीयबीचको झडप झडप समाचार लेख्दासम्म जारी रहेको थियो र सम्बन्धित निकायले समस्या समाधान गर्न तर्फ कुनै चासो देखाएको छैन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव