जनकपुरधाम । सरकार र संयुक्त हिन्दु माेर्चाबीच ५ घण्टाभन्दा बढी लामाे वार्ता पश्चात् कुनै सम्झाैता नभई ताेडमडाेर गरिएका मागपत्र सहमति जनाइएकाे छ ।
हुनत सरकार पक्षले माग पत्रलाई नै सहमति भएकाे भन्दै प्रचारबाजी गरिरहेका छन् । १३ बुंदे माग पत्रलाई सहमतिकाे नाम दिई नागरिक झुक्याउने काम गरिरहेकाे भनी मुख्य आन्दाेलनकारी पक्ष हिन्दु सम्राट सेनाले आपति जनाएका छन् ।
हिन्दु सम्राट नेपालका महासचिव राकेश सनातनीले सरकार पक्षसँग कुनै सअमति जा सम्झौता नभएको बताएका छन् । उनले भने सहमति भनेर झुक्याएर मागपत्रमा हस्ताक्षर गराई राज्य पक्षले ठग्ने प्रयास गरेकाे हाे ।
‘१३ बुँदे सम्झौता भएको होइन, सम्झौता भएको भए सम्झौतापत्र देखाउनुपर्यो, उनले भने,‘त्यो त मागपत्र हो, हामीले प्रस्तुत गरेको मागपत्रलाई ताेडमाेडर गरी प्रस्तुत गरिएकाे बनावटी अर्काे माग पत्र हाे जसमा उनीहरूले झुक्याएर हस्ताक्षर गराई सहमति भनेर सार्वजनिक गरिएको हो ।’

उनले वार्ताका क्रममा आफ्ना प्रतिनिधिहरूको फोनमा कुरा गर्न नदिएको, फोन बन्द गर्न लगाएको, सहमतिपत्रमा नभई मागपत्रमा हस्ताक्षर गर्न लगाएको हाे, यसमा हाम्राे आपति छ र आफूहरूको माग पूरा नभएकाले शान्तिपूर्ण प्रदर्शन जारी राख्ने उनले उल्लेख गरे।
यता बैठकमा सहभागी हिन्दु सम्राट सेनाकी केन्द्रीय महिला विभाग प्रतिनिधि मञ्जु मण्डलले भने ती मागपत्र पनि हाम्राे हाेइन त्यसलाई परिवर्तन गरि उनीहरूले आफै बनाएर ल्याएकाे मागपत्र हाे ।
उनले भनिन् हामीले ती माग पत्रमा आपति जनाउंदा भनियाे तपाईहरूले राखेकाे मागपत्रकाे अधिकांश मृतक परिवारसंग सम्बन्धित रहेकाले त्याे माग पूरा भईसकेकाले त्यसै आधार फेयर गरि तयार पारिएकाे माग पत्र हाे ।

लाेकपुकारसँग कुरा गर्दै मञ्जुले भनिन् हामीले प्रमुख माग नै हिन्दु राष्ट्र घाेषणा हुनु परयाे राखेका थियाै । त्यसलाई परिवर्तन गरि नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने विषयमा स्पष्ट समयसीमा तोकी सर्वदलीय बैठकमार्फत, छलफल प्रक्रिया अगाडी तीन महिना भित्र अघि बढाउने गरिदियाे ।
उनले थप्दै भनिन बैठकमा नेपाल सरकारका प्रतिनिधि गृहमन्त्री सुदन गुरूङले यसका लागि संविधानै संशाेधन गर्नुपर्छ, त्यसका लागि रास्वपासँग दुई तिहाई बहुमत छैन, रास्वपाकै सांसदहरू यसकाे पक्षमा नहुन पनि सक्छन, अन्य दलहरूकाे पनि सहमति आवश्यक रहेकाले आफ्नाे अधिकार क्षेत्रमा नरहेकाे भनी आपति जनाएकाे थियाे ।
यी बाहेक मुस्लिम आयोग खारेज गरीयोस, मदरसा पुर्णतः प्रतिबंध गरीयोस, देश को हरेक मस्जिदबाट लाउडस्पीकर हटाउने, राेहंगिया, बंगलादेशी, पाकिस्तानी घुसपैठि सबैलाई देश निकला र घुसपैठ रोकन सीमा सुरक्षा कड़ा, मुस्लिमहरुको तिन पुस्ता र २०४६ देखी एता को सबैको नागरिकता छानवीन, गृह मन्त्रालय भित्रबाट राखिएको हजयात्रा कमिटीको कार्यालय हटाइयोस र हज यात्रा कमिटी बरखास्त र राष्ट्रिय सुरक्षाको विषय भएकोले प्रधानमंत्रीको सल्लाहकार र संविधान संशोधनको संयोजक पदबाट हटाउनु पर्ने मागहरू समेत हटाएर अन्य कुराहरू राखिएकाे भनी हिन्दु सम्राट सेनाका प्रतिनिधिहरूले आपति जनाएका छन् ।

यी बुंदाहरूमा आपति भएपनि हिन्दु सम्राट सेनाका प्रतिनिधिहरूले किन हस्ताक्षर गरेकाे भन्ने जिज्ञासामा मञ्जुले भनिन् आफू लगायत केही साथीहरू आपति जनाएर बाहिर निस्केपछि केही साथीहरूलाई शब्दजालमा झुक्याएर हस्ताक्षर गराएकाे हाे ।
अब हिन्दु सम्राट सेनाले के गर्ने भन्ने विषयमा मञ्जुले भनिन् हाम्राे शान्तिपुर्ण सांकेतिक विराेध जारी नै रहनेछ, चांडै नै सबै जिल्लाका साथीसंग बैठक बसेर छलफल गरि के गर्ने भन्ने निर्णय गर्नेछाै ।
सुनसरी लगायत तराई मधेशका विभिन्न जिल्लामा भएकाे घटनाको विरोधमा विभिन्न हिन्दुवादी संघसंस्था सम्मलित संयुक्त हिन्दु मोर्चा र तिनै तहका सरकारका प्रतिनिधिसंग शनिबार जनकपुरधामस्थित अधिकृत संगममा वार्ता भएकाे थियाे ।

नेपाल सरकारकाे तर्फबाट गृहमन्त्री सुधन गुरुङ, मधेश सरकारकाे तर्फबाट मुख्यमन्त्री कृष्णप्रसाद यादव, गृहमन्त्री फकिरा महताे र स्थानीय सरकारकाे तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनाेज साहकाे वार्तामा प्रतिनिधित्व रहेकाे थियाे ।
यसैबीच राष्ट्रिय एकता दलले पनि सहमति भनिएका मागप्रति आपति जनाएका छन् । एक विज्ञप्ति जारी गरि जनकपुरधाममा भएको वार्ताका सम्बन्धमा राष्ट्रिय एकता दल र नेपाल सरकारबीच कुनै प्रकारको सम्झौता भएकाे प्रष्ट पारेका छन् ।
सुनसरी घटनाको विरोधमा हिन्दुवादी संघसंस्थाहरूले प्रदर्शन गरेपछि स्थानीय प्रशासनले बिहीबार र शुक्रबार जनकपुरधाम क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो। शनिबार भने कफ्र्यु फिर्ता लगाएर निषेधाज्ञा आदेश जारी गरिएको थियो।
सहमति भनिएकाे मागपत्र

पहिला प्रस्तुत गरिएकाे मागपत्र

राष्ट्रिय एकता दलकाे पनि आपति


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !