जनकपुरधाम, चैत १५ गते । बजेट दुरुपयोग गरेको आरोप लगाउंदै धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित वडा कार्यालयमा स्थानीयले आइतबार तालाबन्दी गरेका छन् ।
जनप्रतिनिधि र कर्मचारीले वडाको बजेट दुरुपयोग गरी आ—आफ्ना श्रीमती तथा आफन्तलाई धार्मिक तथा पर्यटकीय भ्रमणमा लगेको आरोप लगाउंदै स्थानीयवासीले लगाएका छन् ।
सार्वजनिक सेवा प्रवाहलाई बेवास्ता गर्दै जनप्रतिनिधिहरूले व्यक्तिगत स्वार्थका लागि बजेट खर्च गरेको कारण बाध्य भएर तालाबन्दी गर्नु परेको स्थानीय विनोद यादवले बताए ।
अर्का स्थानीय गणेश महतोले जनताको काम प्रभावित हुने गरी कार्यालय बन्द सरकारी बजेटमा आफन्तलाई भ्रमणमा लग्नु गैरजिम्मेवार कदम भएको टिप्पणी गर्दै दोषी जनप्रतिनिधिलाई कारवाही र आफ्ना माग पुरा नभएसम्म तालाबन्दी जारी रहने चेतावनी दिएका छन ।
उनीहरुले भ्रमण सम्बन्धी सम्पूर्ण विवरण सार्वजनिक गर्न, खर्चको पारदर्शिता कायम गर्न र घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । माग सम्बोधन नभएसम्म तालाबन्दी जारी राख्ने चेतावनी उनीहरूले दिएका छन् । । तालाबन्दीका कारण वडा कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवा ठप्प भएको छ ।
वडा कार्यालयले चैत १० गते एक सूचना जारी गर्दै जनप्रतिनिधि र कर्मचारी धार्मिक तथा पर्यटकीय भ्रमणमा जाने भन्दै पाँच दिनका लागि सेवा बन्द रहने जानकारी गराएको थियो ।
भ्रमणमा रहेका वडाध्यक्ष रामचन्द्र मण्डलले सबै राजनीतिक दलको सहमतिमा पूर्वनिर्धारित कार्यक्रम अनुसार भ्रमणमा आएको दाबी गरेका छ्न ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !