जनकपुरधाम, चैत २७ गते । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा १५ बेड सहितको क्वारेन्टाईन निर्माण गरिएको छ ।
कोरोना भाइरस (कोभिड–१९) सम्भावित जोखिमलाई रोकथाम गर्न पिपरा गाउँपालिका स्थित स्वास्थ्य चौकीको पुरोना भनवमा मंगलवार १५ बेड सहितको क्वारेन्टाइन स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष विक्रम चौधरीले जानकारी दिएका छन ।
अध्यक्ष चौधरीले स्वास्थ चौकीमा गरिएको क्वारेन्टाइनका लागी १ चिकित्सक, हेल्थ असिस्टेन्ट २ र ५ जना नर्सको क्वारेन्टाईनमा बस्ने शंकास्पद बिरामीको उपचार र हेरचाहका लागि राखिएको बताए ।

कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै पुर्वतयारी स्वरुप क्वारेन्टाइन स्थापना गरिएको गाउँपालिका उपाध्यक्ष ननु देवी दासले बताइन । अहिले स्वास्थ्य चौकीमा रहेको १५ वटा बेड सहित नै व्यवस्था गरिएको छ तर आवश्यकता भए पछि बेड संख्या थप गर्न सकिने उपाध्यक्ष दासले भनिन् ।

क्वारेन्टइनका लागि कम्बल ३० थान, झुल १५ थान, वाल्टी र जग ४/४ थान नेपाल रेडक्रस सोसाइटी शाखा जलेश्वर मार्फत पिपरा गाउँपालिका लाई हस्तान्तरण समेत गरिएको छ । सो सामग्री पिपरा उपशाखा सभापति रामेश्वर ठाकुर हस्तान्तरण गरिएको हो । पिपरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो, वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।
कोरोना भाइरस महामारीको रोकथाम र चेन तोड्न जारी लकडाउनमा त्यहाँका नागरिक पनि घरभित्रै बसी सघाई रहेका छन । हालसम्म सो क्षेत्रमा कोरोना शंकास्पद फेला नपरेको बुझिएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !