जनकपुरधाम, चैत २६ गते । प्रदेश २ मा बुधबारसम्म १ सय १३ जना कोरोना संक्रमणको आशंका गरिएका बिरामीको नमूना परीक्षणको रिपोर्ट आएको छ । ती सबैका रिपोर्ट निगेटीभ रहेको जनाइएको छ ।
प्रदेश २ समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरले हालसम्म प्रदेश भरिका १ सय ४० जनाको स्वाब संकलन गरिएकोमा बुधबार दिउँसोसम्म १ सय १३ जनाको रिपोर्ट आएको हो । जुन निगेटिभ रहेको जनाए ।
गत शनिबारदेखि जनकपुर प्रादेशिक अस्पतालमा सञ्चालनमा आएको कोरोनाको नमुना परीक्षण प्रयोगशालामा अहिलेसम्म ६१ जनाको स्वाब संकलन गरिएको छ । जसमध्ये अहिलेसम्म ३४ जनाको नमुना परीक्षण रिपोर्ट आएको छ ।
ती रिपोर्ट निगेटीभ आएको छ भने २७ जनाको रिपोर्ट आउन बाँकी रहेको सचिव घिमिरेले जानकारी दिए । उनका अनुसार प्रदेश २ मा बुधबारसम्म प्रदेश भरि २१ जना आइसोलेसनमा भर्ना छन् ।
त्यस्तै, ८ वटै जिल्लाको क्वारेन्टिनमा ९ सय ९ जना छन् भने चिकित्सकको सल्लाह अनुसार १ हजार १ सय ८४ जना होम क्वारेन्टिनमा रहेको बताइएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !