
जनकपुरधाम, चैत २० गते । कोरोना भाइरसको महामारी रोकथामका लागि जारी लकडाउनको अवधिमा जनकपुरधामबाट आलु, प्याज र माछामा कालोबजारी गर्ने २ जना प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएका प्रहरी टोलीले जनकपुरधमस्थित बजार अनुगमन गर्ने क्रममा तिनीहरुलाई पक्राउ गरिएको कुरा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिएका छन ।
पक्राउ पर्नेमा भारत विहार जिल्ला मधुबनी बस्ने ३१ वर्षीय संजिव सहनी र जनकपुरधाम उपमहानगरपालिका १६ कपिलेश्वर बस्ने ३२ वर्षीय सरोजकुमार साह रहेका छन् ।
सहनीलाई जनकपुरधाम उपमहानगरपालिका ७ स्थित माछा बजारबाट माछा प्रति केजी रू. ५०० मा बेचि रहेको अवस्थामा र वाड नं. १६ कपिलेश्वरबाट आलु प्रति के.जी रू. ५५, प्याज प्रति के.जी. रु. ६० मा बेचि रहेको अवस्थामा साहलाई पक्राउ गरेको प्रहरी उपरिक्षक बस्नेतले जनाएको छ ।
पक्राउ परेकाहरु विरुद्ध थप अनुसन्धान भइरहेको जिप्रका धनुषाले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !