जनकपुरधाम, धनुषामा एक प्रधानाध्यापकलाई दुई हजार घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका नक्टाझिज स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र महतोलाई एसईई परिक्षाको प्रवेश दिने भनी अभिभावक सँग घुस लिएको आरोपमा आयोगले पक्राउ गरेको हो ।
अख्तियारका अनुसार परिक्षाको रजिष्ट्रेशन फाराम नै नभरेकालाई फाराम भरेर प्रवेशपत्र दिने भनी अभिभावक सँग दुई हजार रुपैया घुस लिएको थियो । प्र.अ. महतोलाई घुस रकम सहित पक्राउ गरिएको हो ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा नियन्त्रणमा लिइएका महतो विरुद्ध अनुसन्धान जारी रहेको जनाइएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !