लोक समाचारदाता
जनकपुरधाम, पुस २१ गते ।
आगामी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले चुनावको संयोजन गर्ने जिम्मेवारी अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोलाई दिएको छ ।
महतोको संयोजकत्वमा बनेको संयोजन समितिको सदस्यमा अध्यक्ष मण्डदलका सबै सदस्यहरु र राष्ट्रिय सभाका दुईजना उम्मेदार रहने पार्टीले निर्णय गरेको छ ।
प्रदेश २ मा संयोजनको जिम्मेवारी राजपा नेपालका प्रदेश २ का प्रदेश सभा संसदीय दलका नेता जितेन्द्र सोनललाई दिइएको जनाइएको छ । चुनावको तयारी स्वरुप राजपाले पुस २५ गते महाधिवेशन तयारी समितिको बैठक बोलाएको ।
पुस २६ गते जिल्लाहरुमा खटाइएका केन्द्रीय पर्यवेक्षकहरुको बैठक जनकपुरमा बोलाउने निर्णय गरेको छ भने पुस २७ गते राष्ट्रिय सभाका प्रदेश २ मा रहेका मतदाताहरुसँगको छलफल महोत्तरीको बर्दिवासमा राखिएको छ ।
त्यसैगरि पार्टीले राजपा नेपालका मतदाताहरुको लागि माघ ७ र ८ गते बर्दिवासमै मतदाता प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको कुरा राजपाद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।














यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !