शम्भु पण्डित
जनकपुरधाम, असार १९ गते ।
ठेकेदारको लापरवाहीको कारण धुलोले जीवन कष्टकर भएको भन्दै धनुषाको सबैला नगरपालिका ९ भठिहन बजारमा स्थानीय युवा तथा व्यापारीहरुले दुई घण्टा सडक जाम गरेका छन् ।
हुलाकी राजमार्ग अन्तर्गत निर्माण भइरहेको सडकका लागि जथाभावी माटो खनेको र दिनभरि टिपर देखि टयाक्टर मोटरसाइकल लगायतका सवारी साधन गडदै आएको कारण सुक्खायाममा दिनहुँ धुलो उडने गरेको कारण वैकल्पिक उपाय खोज्न मांग गर्दै स्थानीय युवाहरुले बिहीवार दिउंसो सडकजाम गरी चक्काजाम गरेका छन् ।
हावाको कारण तथा यस मौसममा धुलो कारण टिपर अस्थिर चलाउने माग र निर्माणधिन रहेको सडक सबैलादेखि भठियन सम्मको हुलाकि सडकमा अत्यधिक धुलोधुंवा उडेर स्थानीय व्यापारीहरु दिक्क भएको भन्दै युवा, व्यापारीहरुले बाटोमा चिरान, टेबुल, बेन्च कुर्सी लगायतका सामाग्री राखेर चक्काजाम गरेका थिए ।
व्यापारीहरुले सडक बनाउनु राम्रो कार्य हो, तर समय समयमा पानी नछर्कीदा स्थानीय व्यापारीहरु सहित यात्रुहरुलाई समेत बस्न त कुरै छाडौं साँस लिन पनि गाह्रो भएको दुखेसको पोखेका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !