Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

खेलौना बालबालिकाका लागि प्राणघातक


खेलौना बालबालिकाका लागि प्राणघातक

सुभाष कर्ण
जनकपुरधाम, मंसिर १० गते । बढ्दो आधुनिकता र शहरीकरणले आवश्यकताभन्दा मानवीय सौख बढदै गएको छ । जसको प्रमुख शिकारमा बालबालिका पर्छन् । बालबालिकालाई खेलौना प्रिय चिज हो । पहिला पहिला कपडा र ढुंगा माटोको प्रयोग हुने खेलौना अहिले विभिन्न रसायनयुक्त प्लास्टिक र फाइबरका रंगीचंगी खेलौनाबाट बालबालिकालाई खेलाउने प्रचलन बढेको छ ।

बालबालिकाका खेलौना आकर्षक र चम्किलो बनाउन प्रयोग हुने रङमा सिसा (लिड) सहितका १२ वटा रसायन प्रयोग हुन्छ । जुन बालबालिकाको रगतमा प्रवेश गर्छ र असाध्य रोगको सिकार बनाउन सक्छ । खेलौनामा अत्यधिक मात्रामा लिडको प्रयोग गरिदैं आएको विभिन्न अध्ययनहरुले देखाउंछ ।

फलामजन्य वस्तुलाई खिया लाग्न नदिन तथा रङलाई चम्किलो बनाउन प्रयोग हुने वस्तु सिसा अर्थात् लिड हो । त्यो सिसा शरीरमा प्रवेश गरी सिधै रगतमा मिल्छ । अनि बालबालिकाको शारीरिक र मानसिक विकासमा बाधामात्रै पु¥याउँदैन, विकलांग हुँदै मृत्युसम्म पुरयाउने गरेको छ । रगतमा लिड मिसिएपछि मस्तिष्क विकास र अध्ययन क्षमतामा ह्रास, सुनाइ क्षमतामा ह्रास, बोली तथा व्यवहारमा समस्या, उच्च रक्तचाप, मिर्गाैलामा क्षति, सन्तान उत्पादन क्षमतामा समस्या, एनेमिया, पाचन प्रणालीमा समस्या लिडले निम्त्याउन सक्ने विश्व स्वास्थ्य संगठनको ठम्याई छ । नेपालकै केही बालबालिकामा वृद्धि विकासमा ढिलाइ भएको कारण लिड नै भएको अध्ययनहरूले पनि देखाएका छन् ।

जनस्वास्थ्य तथा वातारण प्रवद्र्धन केन्द्र (CEPHED) ले पछिल्लो पटक सन् २०१३ मा गरेको अध्ययनमा प्लास्टिक, धातु, माटो, फाइबर, काठ, फोम, रबर आदिबाट बनेका एक सय खेलौनाको परीक्षण गर्दा लिड (सिसा), मर्करी, क्याडमियम, क्रोमियम र ब्रोमिन जस्ता भारी धातुले बनेको पाइएको थियो ।

ती नमूनामध्ये ५४ प्रतिशत बालबालिकाको खेलौनामा स्वास्थ्यको हिसाबले अत्यन्त हानीकारक मानिने गह्रौं धातुहरु लिड, मर्करी, क्रोमियम, क्याडमियम र ब्रोमीन पाइएको थियो । जसमा लिडको मात्रा कम्तिमा ३.६ पिपिएमदेखि ८३०५.८ पिपिएमसम्म रहेको थियो । प्राप्त नमूनाहरुमा २८ वटामा लेड (सिसा), एउटामा मर्करी (पारो), नौ वटामा क्याडमियम, १४ वटामा क्रोमियम तथा ४० वटामा ब्रोमिन भेटिएको थियो । ५४ प्रतिशतमा नमुनामा कम्तिमा कुनै एक रसायन, २७ प्रतिशतमा मा कम्तिमा कुनै दुई रसायन, ११ प्रतिशतमा कम्तिमा कुनै तीन रसायन, १ प्रतिशतमा भने चारवटासम्म रसायन भेटिएको थियो ।

नेपाली बजारमा पाइने ६० प्रतिशतभन्दा बढी खेलौनाहरुमा उच्च स्तरमा विषाक्त गहुङ्गो धातु र हानिकारक रसायनहरु पाइएको अध्ययनले देखाएको थियो । खेलौनाका नमूनाहरुमध्ये ६२ प्रतिशत (५२ नमुनामध्ये ३२ वटामा खतरनाक हानिकारक गरुङ्गो धातु र अन्य रसायनहरु जस्तै सिसा (लेड), क्याडमियम, क्रोमियम, बेरियम, ब्रोमिन र जिंक आदि निकै उच्च स्तरमा पाइएको थियो ।

सिफेडको निर्देशक रामचरित्रका अनुसार मुलुकका ६५ प्रतिशत बालबालिकाको रगतमा ‘लेड’को मात्रा भेटिएको छ ।‘ अध्ययनमा एक डेसिलिटर रगतमा पाँच माइक्रो ग्रामभन्दा बढी सिसा (लेड) हुन नहुनेमा नेपालका बालबालिकाको शरीरमा सो भन्दा बढी पाइएको थियो । अध्ययनमा समावेस गरीएको सबै खेलौनाहरु नेपालका विभिन्न बजारहरुबाट खरीद गरीएको थियो भने उत्पादनको हिसाबले थाईल्याण्डका २%, भारतका १०% र चिनका ८८% रहेका थिए ।
यो अध्ययनपछि नेपाल सरकारबाट प्रधानमन्त्री कार्यालयबाट सचिवस्तरीय बैठकबाट अनुसन्धान प्रतिवेदनको आधारमा लिड, मर्करी, क्याडमियम, क्रोमियम र ब्रोमिन जस्ता विषाक्त रसायनयुक्त पहिचान गर्दै; कम्तिमा उत्पादन गर्ने देश र उत्पादकहरूको बारेमा लेबल नगरी खेलौनाहरूमा तत्काल प्रतिबन्ध लगाउने सहितका निर्णय गरिएको थियो । तर आजसम्म कार्यान्वयन हुन नसकेको साह बताउंछन् ।

यसका साथै बजार अनुगमन; ६ महिनाभित्र बालबालिकाका खेलौनामा प्रयोग हुने सम्भावित सबै रसायनहरूको मापदण्डको तर्जुमा र प्रभावकारी कार्यान्वयन; र बालबालिकाको खेलौनामा विषाक्त रसायनको असरबारे व्यापक जनचेतनाको लागि सार्वजनिक सूचना र विज्ञापन प्रकाशन तथा प्रसारण गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएको थियो । तर दुर्भाग्य १० वर्ष बितिसक्दा पनि सो निर्णय कार्यान्वयन आउन नसकेको उनको भनाई छ ।
हुनत जनसंख्या तथा वातावरण मन्त्रालयले नेपालमा उत्पादन, पैठारी, बेचबिखन र प्रयोग हुने खेलौनामा १२ वटा भारी धातु र रसायनको अनिवार्य मापदण्ड २०७४ माघ १६ गते लागू गरेको थियो र साउन १५ गतेदेखि लागू भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले परिपत्र गरेको थियो । पछिल्लो पटक नेपाल सरकारले विभिन्न १० वटा सामाग्री आयातमा रोक लगाएको बेला खेलौनामा समेत प्रतिबन्ध लगाएको थियो । तर भारत तथा चीनका खेलौना व्यवसायीहरुको दबावमा ६ महिना नबित्दै प्रतिबन्ध हटाइएको थियो ।

खेलौनाको बालबालिकामा असर

खेलौनामा प्रयोग गरिएको विषाक्त लिड सहितका रयासनहरुले रक्तनलीमा यसले रातो रक्त कोषिकाहरूलाई मार्दछ । फलस्वरूप विभिन्न अङ्ग तथा तन्तुमा रगतको कमी भई आवश्यक अक्सिजन पुग्न सक्दैन । लिडले मस्तिष्क र स्नायु प्रणालीको विकासमा अवरोध पु¥याउँछ । रक्तअल्पता यसको साधारण लक्षण हो ।

बालरोग विषेशज्ञ चिकित्सक डा. जामुन सिंहका अनुसार लिड सहितका खेलौनामा प्रयोग गरिएका विषाक्त रयासनले प्रमुख रुपमा बालबालिकाको शारीरिक तथा मानसिक एवं बौद्धिक विकासमा सिधै असर गर्दछ । यसबाहेक टाउको दुख्ने, सिक्ने क्षमतामा ह््रास आउने, मस्तिस्कको सन्तुलन बिग्रने, शरीरिक वृद्घिमा कमी आउने, बानी व्यवहारमा परिवर्तन आउने, श्रवण शक्ति गुम्ने जस्ता धेरै रोगका आकस्मिक लक्षण पनि देखा पर्छन् । लगातार लामो समयसम्म लिडको सम्पर्कमा रहँदा मृगौलाले राम्रोसँग काम नगर्ने सम्भावना पनि उत्तिकै रहन्छ ।

वरिष्ठ चिकित्सक डा. विजयकुमार सिंहका अनुसार लिडको प्रयोगले खासगरी बालबालिका, गर्भवती पेन्ट्स सम्बन्धी लामो समयसम्म काम गर्नेलाई पाचन प्रणालीमा असर, उच्च रक्तचाप, स्मरण शक्ति गुम्ने, मृगौलामा खराबी, मस्तिष्कमा असर, मांशपेशी तथा जोर्नीको समस्या, नशामा असर र मांशपेशीसँगको सामन्जस्यता बिग्रने आदि रोगहरू लिडकै कारण लाग्छन् । लिडजस्तै गुडियामा प्रयोग हुने मर्करी वातावरणमा विभिन्न जीवाणुसँग मिलेर परिवर्तन हुने सबैभन्दा खतरनाक रसायन हो ।

लिडको विषाक्त प्रभावहरु अत्याधिक सिसाले स्नायु र प्रजनन प्रणाली र मृगौलालाई हानि पु¥याउन सक्छ र उच्च रक्तचाप र एनीमिया निम्त्याउन सक्छ । सिसा हड्डीमा जम्मा हुन्छ र गिजाको वरिपरि निलो रेखाबाट सिसाको विषाक्तता पत्ता लगाउन सकिन्छ । सिसा भ्रुण र साना बच्चाहरु र गर्भवती महिलाहरु को विकास मस्तिष्क को लागी विशेष गरी हानिकारक छ । सीसा कम्पाउन्डको अंश तन्तुहरूमा बस्छ र विशेष गरी रगतको प्रवाहमा सिसाको उपस्थिति (रातो रक्त कोशिका भित्र र प्राय जसो हेमोग्लोबिनसँग जोडिएको) रक्तअल्पता हुन्छ ।

बालबालिकाहरुले खेलौना मुखमा टोक्दा वा चुस्दा त्यसमा टाँसिएका घातक रसायन सिधै शरिरभित्र प्रवेश गर्दछ । कतिपय खेलौनामा आँखाले देख्न सकिने भौतिक पदार्थ जस्तैः धुलो, माटो, फोहर वा आँखाले देख्न नसकिने टांसिएका किटाणुहरूले समेत शारिरीक क्षति पुरयाउंछ ।

के हो विषाक्त लिड

लिड (सिसा) एक प्रकारको गन्धविहीन, नीलो–खैरो, चम्किलो धातु हो जुन मिलिएबल (लचिलो), नरम र रासायनिक संक्षरण प्रतिरोधी हुन्छ । सिसा प्राकृतिक रूपमा बेडरोक (आधारशिला), माटो, जोत, तलछट, सतहको पानी, जमिनको पानी र समुद्री पानीमा हुन्छ । सिसा प्रकृतिमा विषाक्त हुन्छ र यसको प्रयोगले मानव शरीरमा विभिन्न रोगहरू निम्त्याउन सक्छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० मंसिर १७, आईतवार २३:०७
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० मंसिर १७, आईतवार २३:०७
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० मंसिर १७, आईतवार २३:०७
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० मंसिर १७, आईतवार २३:०७
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० मंसिर १७, आईतवार २३:०७
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० मंसिर १७, आईतवार २३:०७

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव