Monday, December 8, 2025
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

आलोचनाबाट भाग्दै मुख्यमन्त्री यादव

थुनामा पठाई दिनेदेखि गोली हान्नेसम्मको अभिव्यक्ति कति जायय


आलोचनाबाट भाग्दै मुख्यमन्त्री यादव

जनकपुरधाम, १२ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव आलोचनाबाट डराउन थालेको छ । सार्वजनिक पद धारण गरेका व्यक्तिको टिकाटिप्पणी र आलोचना हुनु लोकतान्त्रिक प्रक्रिया हो । तर मुख्यमन्त्री यादव आलोचनाबाट डराउंदै आफूविरुद्ध गाली गलौज सहितका आलोचना गर्नेलाई प्रहरी थुनामा रखाएर कारवाही गर्नेसम्मका चेतावनी दिन थालेका छन् ।

आफ्नो पोस्टर च्यात्ने देखि लिएर आफूविरुद्ध समाजिक संजालमा स्टाट्स लेख्नेमाथि तुरन्त पक्राउ गर्न लगाएर कारवाही गराउने सम्मको परिपाटीका कारण मुख्यमन्त्री अहिले आफनो कामभन्दा तानाशाही प्रवृतिले चर्चित हुन थालेका छन् । जनप्रतिनिधीले गर्दै आएको क्रियाक्लापमाथि बोल्न पाउने अधिकार लोकतान्त्रिक अधिकार हो । तर ती अधिकारलाई दबाउन मुख्यमन्त्री यादवले जनकपुरधामस्थित एक स्थानीय टेलिभिजनलाई आफूलाई गाली गलौज गर्नेलाई प्रहरीमा थुनाएर कारबाही गर्ने चेतावनी समेत दिएका छन ।

उनले अन्तरवार्तामा आफ्नो नम्बर सार्वजनिक गर्दै भनेका थिए, ‘कुनै किसिमको पार्टीगत र पूर्वाग्राही हिसाबले फेसबुक, व्हाट्स अपमा बिना मतलब मेरो विरोधमा गाली गरे वा लेखेमा त्यस्तालाई जनकपुरधाममा मात्रै होइन दुनियाँको कुनैपनि कुनामा भएपनि कानुनी व्यवस्था अनुसार मुद्दा दिई थुनामा रखाएर कारबाही गर्छु ।’ जुन भिडीयो अहिले समाजिक संजालमा भाइरल बनेको छ । हुनत उनको यो अभिव्यक्ति आश्चर्यजनक मान्नुपर्दैन । त्यसको केही दिनअघि एक संचारमाध्यमलाई अन्तरवार्ता दिदैं उनले सामाजिक सद्भाव बिगार्नेलाई गोली हान्नेछुसम्मको अभिव्यक्ति दिएका थिए । आफूविरुद्ध लाग्नेहरुलाई प्रहरी थुनामा कारवाहीका लागि पठाइसकेका छन् । प्रहरी थुनामा पठाएपनि तिनीहरुलाई कारवाही गराउनेसम्मको अधिकार पु¥याउन सकेको छैन ।

जानकी मन्दिरमा लगाइएको आफ्नो पोस्टर च्यातेको आरोपमा अभिन्ता सरोजकुमार मिश्रा र सामाजिक सञ्जाल फेसबूकमा कोलो मोसो दल्ने स्टाट्स लेखेका डाक्टर अरुण झा मधेशीलाई प्रहरीमा थुनाउन सफल भइसकेका छन् । हुनत सामाजिक अभियन्ताहरुको दबावमा तिनीहरुलाई प्रहरीले कारवाही प्रक्रिया अघि नबढाई रिहा गर्न बाध्य भएका थिए । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय महासचिव परमेश्वर साहले मुख्यमन्त्री मधेश प्रदेशको अभिभावक रहेको र मुख्यमन्त्री यादवको भुमिका पनि अभिभावक जस्तै हुनुपर्ने बताउदै उहाँको आएको अभिव्यक्तिलाई राम्रो त पक्कै मान्न सकिन्न तर पनि कसैले अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग पनि गर्न नहुने बताए ।

उनले भने,‘आलोचना गर्ने सबैको अधिकार छ,आलोचनाबाट मुख्यमन्त्रीज्यूलाई डराउनुपनि हुदैन तर आलोचनाको नाउमा व्यक्तिगत चरित्र हत्या गर्ने किसीमको शब्द पनि प्रयाेग नगर्नुपर्ने हो, सामाजिक संजालमै लेख्नुपर्दा सिमामा रहेर बोल्नुपर्ने हो ।’ मुख्यमन्त्री यादवको कार्यकालको उपलव्धीको विषयमा बोल्दै मुख्यमन्त्री यादवले आफनो कार्यकाल सुरु गरेको लगभग १०÷११ महिनाको अन्तरालमा अपेक्षा अनुसारको काम गर्न नसकेको उनले बताए ।
मुख्यमन्त्रीले आफनो कार्यकालामा अहिले सम्म विकास निमार्ण देखि लिएर शान्ति सुरक्षाको विषयमा कुनै पनि किसीमको कार्य नसकेको बताउदै मधेश प्रदेशका जनताले सोचे अनुरुपको कार्यमा मुख्यमन्त्रीजी सफल हुन नसकेको उनले टिप्पणी गरे ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं १६ का रणधिर झाले प्रदेशमा केहि दिन देखिएको विकृतीलाई निर्मुल बनाउनका लागि मुख्यमन्त्रीले आफैले पहलकदमी लिएर अभिभावकत्वको जिम्मा लिएर दोषी जुनपनि पक्षको किन नहोस कानुन अनुसार कारवाही गराएको भए उनको जय जय हुन्थ्यो तर त्यस्तो नगरी सार्वजनिक रुपमै गोली हान्ने चेतावनी दिनु जायज नभई विक्षिप्त मानसिकताकाे उपज रहेको बताएका छन् । यो अभिव्यक्ति दुईपक्ष विचको विवादलाई साम्य पार्नभन्दा झन दुवै पक्षलाई उतेजित गर्नु सरह रहेको उनको भनाई छ ।

स्थानियवासी शैलेन्द्र यादव भन्छन् अभिभावकत्वको भूमिका रहेका मुख्यमन्त्री जस्तो व्यक्तिले गोली हान्ने र आफूविरुद्ध लाग्नेलाई थुनामा पठाई दिने जस्ता अभिव्यक्ति दिनु भनेको बच्चाबच्चीको खेल जस्तै भयो । उनको यो अभिव्यक्तिले समाजमा सद्भाव बनाउनुको सट्टा झन् अतिरञ्जित बनाउनेछ । यादव भन्छन मुख्यमन्त्रीले प्रदेशलाई प्रहरी प्रशासनको अधिकार मागिरहेका छन् । हुनसक्छ यही सब कारणले संघले अहिलेसम्म नदिएको हो । यस्ता व्यक्तिको हातमा प्रहरी प्रशासन गए दिनहुँ गोली हान्ने र थुनामा पठाउने घटना हुन थाल्छ ।

नेपाल पत्रकार महासंघ धनुषाका पुर्व अध्यक्ष अनिल मिश्रले मुख्यमन्त्रीको यस किसीमको भाषाले उनि आलोचनाबाट डराएको बताएका छन् । कतै न कतै मधेश प्रदेशमा विहारको राजनीति हावी हुदै गएको देखिन्छ । उनले भने, ‘जनताले आफनो जनप्रतिनिधीको कार्यप्रति आलोचना गर्न सक्ने, राय सुझाव दिन सक्ने अधिकार हो, त्यसलाई दबाउन खोज्नु भनेको मधेशमा नयाँ राणा शाषणको उदय भइरहेको भन्न सकिन्छ ।’

मधेश प्रदेशका दोस्रो मुख्यमन्त्रीको रुपमा रहेका सरोजकुमार यादव यसभन्दा पहिले सभामुख रहेका थिए । लोकतान्त्रीक समाजवादी पार्टीका नेताका रुपमा रहेका उनि जनता समाजवादी पार्टीमा प्रवेस गरि वारा ख बाट चुनाव जितेर मुख्यमन्त्री बन्ने चान्स पाई भाग्यमानी नेताको रुपमा रहेका उनि मुख्यमन्त्रीको रुपमा सपथ लिदा मधेशमा भ्रष्टाचार नगर्ने र नगर्न दिने भनेर अभिव्यक्ति दिएका थिए तर कार्यकालको एक वर्ष हुन लाग्दा पनि खासै उपलव्धीमुलक कार्य गर्न सकेका छैन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा
Blast News

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

२०८० आश्विन १३, शनिबार ०९:४६
प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी
Blast News

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

२०८० आश्विन १३, शनिबार ०९:४६
२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर
Blast News

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२०८० आश्विन १३, शनिबार ०९:४६
गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम
Blast News

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

२०८० आश्विन १३, शनिबार ०९:४६
७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना
Blast News

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

२०८० आश्विन १३, शनिबार ०९:४६
गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या
Blast News

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

२०८० आश्विन १३, शनिबार ०९:४६

ताजा खबर

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव