Wednesday, June 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सुपरजोनको नाममा प्रदेश र संघ सरकार सिम्रौनगढको ऐतिहासिकता मेटाउंदै


सुभाष कर्ण
जनकपुरधाम, कात्तिक २१ गते ।
तराई मधेशका पुरातात्कि धरोहरहरुलाई नष्ट पार्ने प्रदेश २ सरकारको सहयोगमा संघीय सरकारको अर्को नमूनाको रहेको छ कुनै समयमा काठमाडौलाई पराजित गर्ने बारा जिल्ला ऐतिहासिक सिम्रौनगढ ।
संघीय सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बारा जिल्लामा चलाएको सुपरजोन माछा कार्यक्रमले त्यहाँ माछाका लागि पोखरी नाममा पुरातात्विक ऐतिहासिक धरोहर मासिदै छ ।
केही दिनअघि सिम्रौनगढ नगरपालिकाको नयका टोल भन्ने ठाउँमा सो कार्यक्रम अन्तर्गत खनाई रहेको पोखरीबाट भगवान विष्णु सहित भाडा बर्तन सहित अन्य कयौं सयौ वर्ष पुराना मूर्ति तथा सामाग्री फेला परेका छन् । तर सरकारले ऐतिहासिक ती मूर्ति तथा अन्य सामाग्री भेटिंदा पनि त्यसलाई संरक्षित गर्नुको सट्टा प्रहरी लगाएर जबरदस्ती पोखरी खन्ने कार्य सम्पन्न गरेका छन् । प्रदेश सरकारले पनि आफ्ना ऐतिहासिक पुरातात्विक धरोहरको संरक्षणको गर्नुको सट्टा व्यक्तिगत स्वार्थका लागि सहयोग गर्दै आएको छ ।
सो कार्यक्रम अन्तर्गत सयौ हेक्टर जग्गामा पोखरी खनिएको छ । जसमा सयौ पुरातात्विक मुर्तिहरु फेला परेका छन् । तर त्यो अमूल्य ऐतिहासिक मूर्तिहरु सरकारले कहाँ राखेर लगेको छ त्यसको अतोपतो छैन । सिम्रौनगढको ऐतिहासिकतालाई संघीय सरकारले माछा सुपरजोनका नाममा संगठित रुपमा कार्यालय स्थापना सखाप पार्दै गइरहेको छ ।

यसमा प्रदेश २ सरकारको अहम भूमिका रहेको छ । किनकी सोही क्षेत्रबाट चुनाव जितेका प्रदेश सभामुख सरोज राय यादवकै पहलमा बाराको सिम्रौनगढमा माछा सुपरजोन कार्यक्रम लगिएको हो ।
माछा सुपरजोनको विरोधी कुनै पक्ष छैन तर ऐतिहासिकता मिटाउने गरी सिम्रौनगढ नै किन जिल्लामा धेरै यस्ता स्थानहरु छन जहाँ माछा सुपरजोन कार्यक्रम चलाउन सकिन्छ तर त्यसो नगरी तराई मधेशको ऐतिहासिक मटोस भन्ने उद्देश्यले त्यहाँ सो कार्यक्रम चलाईको सम्बन्धित पक्षहरुको बुझाई छ । सिम्रौनगढको ऐतिहासिकता जोगाउन म्यूजियम बनाउन वर्षौदेखि आवाज उठिरहेकोमा सरकारले त्यसतर्फ ध्यान नदिई त्यसलाई मास्न सुपरजोन माछा कार्यक्रम मार्फत पोखरी खन्ने कार्य व्यवसायिक रुपमा गर्दै आएको छ ।

भेटिएका पुरातात्विक वस्तुलाई फालिदैं

पछिल्लो पटक पनि सिम्रौनगढमा माछापोखरी खन्ने क्रममा महत्वपूर्ण मूर्ति र शिलालेखसमेत एक्सकाभेटर (फ्रन्ट लोडर) (फ्रन्ट लोडर) ले टुक्राएकै अवस्थामा भेटिएको थियो । ‘कर्णाटवंशीय राजा लखेटिएर काठमाडौं आएपछिको आठ सय वर्षसम्म पनि सिम्रौनगढ खासै विथोलिएको थिएन,’ दुईवर्ष यतादेखि त्यो स्थानको पुरातात्विक महत्वलाई माछा सुपरजोनको नाममा पोखरी खनेर ध्वस्त पार्ने खेल भइरहेको छ ।
सिम्रौनगढ नगरपालिकाका प्रमुख विजयशंकर यादवका अनुसार त्यो क्षेत्रमा यतिबेला झण्डै डेढ सयवटा पोखरी छन् र प्रायः सबै केही महिनायता खनिएका हुन् । जबकि त्यो क्षेत्रमा तीन फिटभन्दा गहिरो खन्नेबित्तिकै पुरातात्विक महत्वका वस्तु फेलापर्ने गरेका छन् ।
कृषि उत्पादकत्व बढाउने हिसाबले पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ थालनी गरिएको थियो । त्यस अन्तर्गत सातवटा जिल्लामध्ये बारा जिल्लालाई समेत ‘कृषि सुपर जोन’ बनाइएको थियो । सिम्रौनगढको ऐतिहासिकता मेटाउन सरकारी अनुदानमै पोखरी खनेर त्यसमा माछा उत्पदान गर्ने कार्य युद्धस्तरमा हालसम्म भइरहेको छ । सिम्रौनगढ र पचरौता ईलाका अन्तर्गत चार सय भन्दा बढि माछा पोखरीहरु रहेका छन् ।
स्थानीय एक समाजसेवी भरत साहका अनुसार गत वर्ष यसै भेगमा पोखरी खन्दा करिब छ फिट अग्लो शताब्दी पुरानो ऐतिहासिक नारायणको मूर्ति भेटिएको थियो । उच्चकोटी बनावटको त्यो मूर्ति यतिबेला भेटिएकै स्थानको ‘खजानी हाइस्कुल’ को एउटा कक्षा कोठामा थन्काएर राखिएको छ ।
तेह्रौं शताब्दीभन्दा अघिको भए पनि विशिष्ट कलाकृति देखिने ढुँगामा खोपिएका मूर्तिहरूको निम्ति सिम्रौनगढ प्रसिद्ध छ । त्यहाँका कतिपय मूर्ति छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिएको भनिदै आएको छ तर कहाँ छन अहिलेसम्म सार्वजनिक गरिएको छैन । त्यसैगरी उत्तिकै महत्वका बाँकी मूर्ति सिम्रौनगढको कंकाली मन्दिर छेउमा असाध्यै साधारण कोठा बनाएर थुनिएर राखिएको छ ।

इतिहास मेटाउन सरकार सक्रिय : मेयर यादव

  • फाईल फोटो

सिम्रौनगढग केन्द्रबाट चारैतिर करिब चारदेखि पाँच किलोमिटर आसपासमा पुरातात्विक महत्वका ब्ल्याक चिस्ट स्टोनका टुक्रा सहित वस्तु निकै पहिलेदेखि फेलापर्दै आएको छ तर पटक पटक संरक्षणका लागि आग्रह गर्दा पनि संघीय र प्रदेश सरकारले संरक्षण गर्नुको सट्टा इतिहास मेटाउने कार्य गर्दै आएको नगरपालिका प्रमुख विजयशंकर यादव बताउँछन् ।
पोखरी खनिएका सबैजसो स्थानमा माटाका भाँडा, विभिन्न आकारका इँटा र कौडा फेला परिरहेको तर त्यसलाई संरक्षण गर्नुको सट्टा त्यतिकै फालिदै आएको समाजसेवीले भने । उनले भने मधेश सँग विभेद हो । लुम्बिनीको उदाहरण दिदै उनले भने गौतम बुद्धको जन्मस्थली भनेर सकरारले त्यसलाई संरक्षित गरेको छ । तर मधेशको क्षेत्र सिम्रौनगढ भएको हुनाले इतिहास मेटाउन लागेको हो ।

सिम्रौनगढको संक्षिप्त इतिहास

  • फाईल फोटो

सन् १०९७ मा राजा नान्यदेवले तिरहुतको राजधानी भनेर स्थापना गरेको त्यो राज्य उनैको छैठौं पुस्ताका राजा हरिसिंहदेवसम्मले शासन गरेका थिए । यो मधेसका सबैभन्दा शक्तिशाली राज्यमा चिनिने गर्थे यही राज्य जसले काठमाडौलाई समेत पराजित गरेको थियो ।
सन् १३२६ मा दिल्ली सल्तनतका गयासुद्धिन तुगलकको नेतृत्वमा आएको फौजले आक्रमण गरेपछि राजा हरिसिंहदेव उनकी रानी देवलदेवीका सरू उत्तरतर्फ भागेर काठमाडौं उपत्यका प्रवेश गरेका थिए । भक्तपुर आएपछि उनीहरूको प्रभाव तत्कालीन मल्लवंशमा परेको देखिन्छ ।
काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाश मल्ल र ललितपुरका राजा सिद्धिनरसिंह मल्लले शिलालेखमै आफूहरू कर्णाटवंशीय रहेको उल्लेख गराएका सन्दर्भ इतिहासमै भेटिन्छन् ।
त्यसबाहेक सिम्रौनगढबाट भागेका अन्तिम कर्णाट राजा हरिसिंहदेव र रानी देवलदेवीले आफ्नो साथमा कुलदेवी तुलजा भवानीको मूर्तिसमेत बोकेर ल्याएका थिए। तिनै तुलजा देवी कालान्तरमा तलेजु भवानीका रुपमा भक्तपुरमा स्थापित भइन् । पछि उपत्यकाका बाँकी दुवै राज्यमा मल्लकालीन दरबार भित्रै प्राथमिकताका साथ स्थापित भएको आज पनि देखिन्छ । तलेजु भवानीकै जीवित रुप कुमारीलाई मानिन्छ ।
यतिबेला भोजपुरीभाषी क्षेत्रमा पर्ने यो राज्य कुनैबेला विद्यापतिको कर्मभूमि थियो। मैथिली भाषाको आदिकवि मानिने विद्यापति सिम्रौनगढको ‘दरबारी कवि’ थिए भनिन्छ । अढाइ सय वर्षको राज्यकालमा कर्णाटवंशले विद्यापतिबाहेक पनि चण्डेश्वर, वाचस्पति, ज्योतिरिश्वर, देवादित्य, कर्मा्दित्य र रामदत्तजस्दा विद्वान जन्माएको इतिहास छ ।
करिब २७ वर्षअघि इटालीबाट आएको टोलीले सिम्रौनगढको व्यवस्थित उत्खनन प्रयास थालेको थियो । त्यस टोलीमा फ्रान्चिस्का लुब्ली, भेरार्डी, रिकार्डो गार्बिनी र मासिमो भिडालगायत सहभागि थिए। उनीहरू सिम्रौनगढ नजिकैको रनिवासमा बसेर काम थालेका थिए ।

जानकी मन्दिरको ऐतिहासिकता पनि मेटियो

सिम्रौनगढ हालको उदाहरण मात्र यसअघि जनकपुरस्थित जानकी मन्दिरमा रहेका अर्बौ रुपैया बराबरको बहुमूल्य गरगहना र भगवानको मूर्तिहरु तात्कालिन श्री ५ सरकारले गुठी संस्थान मार्फत लगिसकेका छन् ।
गुठी संस्थान खडा गरी जनकपुरधाम क्षेत्रका सयौं हेक्टर सार्वजनिक र मन्दिरका जग्गा नेपाल सरकारले दलाल मार्फत बिक्री वितरण गरार्ई सकेका छन । जनकपुर स्थित मठ मन्दिरलाई संरक्षण गर्ने नाममा गुठी संस्थान र वृहत्तर जनकपुर क्षेत्र विकास परिषद स्थापना गरेका छन तर ती संस्थाहरुले जनकपुरबाट इतिहासको पानाबाट मेटिसकेका एउटापनि पोखरी वा मन्दिरलाई जिर्णोद्धार वा पुर्नत्थान गर्न सकेको छैन । बरु त्यसमा रहेका मूर्ति र जग्गाहरु अवैध महन्थ खडा गरी विक्री वितरण गराइसकेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव