Thursday, October 1, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ सरकारले पहुँच र सम्बन्धको आधारमा बक्यौता रकम वितरण गर्दै

लोक समाचारदाता
जनकपुरधाम, कात्तिक १० गते ।
प्रदेश २ सरकारले गत आर्थिक वर्षको विभिन्न योजनाका बांकी रहेका ९५ करोड रुपैया पहुँच र सम्बन्धका आधारमा वितरण गरिरहेको रहस्य खुलेको छ ।
आर्थिक वर्ष ०७५/७६ मा काम भएका ८ सय ४१ वटा योजनाका लागि प्रदेश २ सरकारले ९५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी राखेको छ । लागत अनुमान अनुसार योजनाको काम नगरिए पनि अन्तिम समयमा पहुँचका आधारमा करोडौंको योजना मूल्यांकन र भुक्तानीका लागि सिफारिश गरिएको अनुगमन विशेष समितिले फेला पारेको श्रोतको भनाई छ ।
उधारो योजनाको बक्यौता तिर्न, भुक्तानी सिफारिश गरिएका योजनाको छानबिन गर्न प्रदेश २ का सभामुख सरोजकुमार यादवको संयोजकत्वमा प्रदेशसभामा सहभागी राजनीतिक दलका प्रतिनिधि सम्मिलित उच्चस्तरीय संसदीय विशेष समिति भदौ २९ गतेको प्रदेशसभा बैठकबाट गठन गरिएको थियो ।

समितिलाई योजनाको प्राविधिक छानबिन तथा अनुगमनका लागि १५ दिनको समय तोकिएको थियो । तर, निर्धारित समयमा समितिले काम सम्पन्न गर्न नसकेपछि पुनः एक महिनाका लागि समय थप गरिएको थियो । आर्थिक वर्षको अन्तिममा मन्त्री र सांसदले आफ्ना आसेपासेलाई योजना बाँडेर काम गराएको र लागत अनुमान अनुसार प्राविधिक मूल्यांकन समेत नभएको समितिले फेला पारेको बताइएको छ ।
अनुगमन विशेष समितिमा रहेका प्रदेशसभा सांसद शिवचन्द्र चौधरी भन्छन, ‘राम्रा योजना थोरै छन् । नराम्रा धेरै छन् । कामै नभएको योजनाको पनि बिल बनाइएको पाएका छौं । एउटै व्यक्तिलाई विभिन्न मन्त्रालयबाट ३÷३ वटासम्म योजना दिएको पाइएको चौधरीले बताए । योजना बाँडफाँड र मूल्यांकनमा भएका त्रृटीलाई सच्याइने उनले बताए ।

विद्यालय, धर्मशाला, सडक निर्माण लगायत विभिन्न योजनामा लागत अनुमान अनुसार काम नभए पनि मुल्याकन गरि करोडौं रुपैयाँ भुक्तानी दिन प्राविधिकले सिफारिस गरेका छन् । भौतिक पुर्वाधार मन्त्रालयका सचिव पुष्कर घिमिरेको संयोजकत्वमा विभिन्न मन्त्रालय सम्मिलित गठित समितिले ५ करोड १५ लाखभन्दा बढि भुक्तानीका लागि सिफारिस गरेको संसदीय विशेष समितिले फेला पारेको हो ।

फाईल फोटो

भौतिक पुर्वाधार र सामाजिक विकास मन्त्रालयले निर्धारीत र आवश्यक योजनालाई पाखा लगाएर आर्थिक वर्षको अन्तमा २ अर्ब रुपैयाँभन्दा बढी रकमान्तर गरी एक हजारभन्दा बढी फुटकर योजना जिल्लामा पठाएको थियो । अधिकांस योजना मन्त्री र सासंदले परिवारका सदस्य तथा नेता कार्यकर्तामार्फत बजेट खर्चिन खोजेकाले समस्या आएको समितिको ठहर छ ।
प्रदेशका सातै मन्त्रालयमा वन तथा पर्यटन मन्त्रालयबाट बाँडिएका योजनामा सर्वाधिक त्रृटि भएको समितिका प्राविधिक टोलीका एक सदस्यले बताएका छन् । सो मन्त्रालयबाट २०२ वटा योजनामा १७ करोड ५५ लाख भुक्तानी गर्न बाँकी छ । भौतिक पूर्वाधार मन्त्रालयबाट ३३ करोड ५० लाख, सामाजिक विकास मन्त्रालयबाट २९ करोड, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट १० करोड र कृषि मन्त्रालयबाट डेढ करोड भुक्तानी गर्न बाँकी रहेको छ ।
भुक्तानी हुन बाँकी रहेका योजनमा सबभन्दा बढी ४ सय ५८ वटा योजना धनुषाको नै रहेको छ । हाल योजनाको प्राविधिक मूल्यांकन गर्न १६ जना प्राविधिकको टोली जिल्लामा खटाइएका छन् । तर हालसम्म त्यसले काम गर्न सकेको छैन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव