Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधामले विद्यालयमा छात्रवृति कार्यान्वयन गराउन सकेन


कार्यविधि समेत बनाउन नसकेका मेयर साह मापदण्ड विपरित बने संयोजक

सुभाष कर्ण
जनकपुरधाम, कात्तिक १० गते ।

भोगविलास र भ्रष्टाचारमा लिप्त भन्ने आरोप लाग्दै आएका जनकपुरधाम उपमहानगरपालिकाले निजी तथा संस्थागत विद्यालयले दिनुपर्ने छात्रवृति योजना कार्यान्वयन गराउन सकेको छैन ।

शैक्षिक सत्र शुरु भएको वैशाखदेखि जेठ १५ गतेसम्म नै माध्यमिक विद्यालय तहसम्म कुल छात्रको १० प्रतिशतलाई छात्रवृृति दिनुपर्ने शिक्षा नियमावली र संघीय सरकारको निर्देशन भएपनि जनकपुरधाममा कार्यान्वयन हुन सकेको छैन ।

स्थानीय तहबाटै छात्रवृत्ति कानून कार्यान्वयन गर्नुपर्ने व्यवस्था रहेपनि चालु शैक्षिक सत्रको ६ महिना बितिसक्दा पनि हालसम्म उपमहानगर शिक्षा समिति उदासीन देखिएको छ ।

शिक्षा ऐन र नियमावलीमा जेठ १५ गतेसम्म संस्थागत विद्यालयले जेहेन्दार, विपन्न, अपाङ्ग, महिला, दलित, जनजाति, जनआन्दोलन तथा मधेश आन्दोलनका घाइते, बेपत्ता तथा शहीद परिवारका सन्ततिलाई दिनुपर्ने हो । तर छात्रवृति त के जनकपुरधामले त कार्यविधि समेत तयार पार्न सकेको छैन ।

कक्षा ११ र १२ मा कार्यान्वयन

संस्थागत विद्यालयले छात्रवृति पाउने विद्यार्थीको नामावली सहित छात्रवृत्तिको निर्णय गरी सम्बन्धित स्थानीय तहको शिक्षा शाखामा पेश गर्नुपर्ने व्यवस्था छ । तर यस नियम बारे नगरका संस्थागत अनभिज्ञ छन किनकी तिनीहरुबीच उपमहानगरपालिकाले चर्चा समेत गर्न सकेको छैन ।

हुनत संघीय कार्यविधिलाई नै टेकेर माध्यमिक तहका कक्षा ११ र १२ मा गतवर्षदेखि कार्यान्वयनमा ल्याएको हो तर सो भन्दा तल्लो कक्षाका विद्यार्थी बारे नगर शिक्षा समितिले कुनै चासो लिएको देखिदैन । नगरमा सयौ संस्थागत विद्यालय छन, अधिकांशले सो छात्रवृतिको विरोधमा नै छन तर केही तयार भएपनि उपमहानगरपालिकाको बेवास्ताले अघि बढन सकेको छैन ।

मापदण्ड विपरित मेयर साह समिति संयोजक

माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापन गर्ने जिम्मेवारी पाएका स्थानीय तहले पनि यो वैधानिक प्रावधानलाई कार्यान्वयन गराउन कानूनी प्रावधान अनुसार छात्रवृति व्यवस्थापन समिति समेत गठन गर्न सकेको छैन । कक्षा ११ र १२ मा मापदण्ड विपरित मेयर लालकिशोर साहको संयोजकत्वमा समिति गठन गरेर छात्रवृति वितरण गरेको हो ।

नियमावली र कार्यविधि अनुसार नगर वा गाउँको शिक्षा समितिका संयोजक नै व्यवस्थापन समितिको पनि संयोजक रहने वा समिति गठन नभएको अवस्थामा स्थानीय प्रमुखले तोकेको प्रतिनिधि संयोजक रहने व्यवस्था छ । तर मेयर साहले सो कानूनलाई बेवास्ता गर्दै आफ्ना स्वार्थ पुरा गर्न आफै संयोजक बनेका हुन ।

व्यवस्थापन समितिको सदस्यमा निजी तथा आवासीय विद्यालयका संघ संगठनका प्रतिनिधि दुई जना, स्थानीय तहमा क्रियाशील अभिभावक संघ संगठनका प्रतिनिधि दुई जना, समिति क्रियाशील नभएको अवस्थामा शिक्षा अधिकृतको सिफारिसमा संयोजकले तोकेको आधारभूत र माध्यमिक विद्यालयसमेतको प्रतिनिधित्व हुने गरी अभिभावक प्रतिनिधि दुई जना, शिक्षा अधिकृतको सिफारिसमा संयोजकले तोकेको शिक्षा विज्ञ एक जना रहने केन्द्रिय कार्यविधिमा उल्लेख छ ।सदस्य सचिवमा भने स्थानीय तहका शिक्षा अधिकृत रहने व्यवस्था छ ।

संघीय परिपत्रले कार्यान्वयन हुन सकेन : प्रमख पाण्डे

फाईल फोटो

छात्रवृति कार्यक्रम कार्यान्वयन बारे नगर शिक्षा शाखा प्रमुख अञ्जु पाण्डेसँग जिज्ञासा राख्दा उनले भनिन कक्षा ११ र १२ मा त गत वर्षदेखि नै कार्यान्वयनमा ल्याएको हुँ तर त्यो तल कक्षा ८, ९ र १० आधारभूत विद्यालयमा अहिलेसम्म कार्यान्वयन गराउन सकेको छैन ।

उनले थप्दै भनिन् पछिल्लो पटक कार्यान्यनमा ल्याउन खोज्दा शिक्षकहरुको आन्दोलनले संघीय सरकारको परिपत्रपछि रोकिएको हो ।

कार्यविधि बारे उनी भन्छिन — हालसम्म कार्यविधि बनाएको छैन, तर कक्षा ११ र १२ का लागि केन्द्रिय कार्यविधि नै प्रयोगमा ल्याएको हुँ । जबकि नियमावलीमा स्थानीय तहबाटै छुट्टै कार्यविधि बनाई कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ ।

प्रमुख पाण्डेको भनाईलाई सही मान्ने हो भने अन्य कक्षाका लागि परिपत्र गरिएको छ । तर कक्षा ११ र १२ मा सो परिपत्रको नियम पाल्ना गर्न भनिएको छैन कि ? उनको भनाई र वितरित छात्रवृतिले प्रष्ट हुन्छ कि उनी कति साँचो बोलि रहेकी छिन् ।

नियमानुसार छात्रवृति शुरु गरिएको छैन : सचिव सिंह

यस बारे प्याबसन प्रदेश नं. २ का सचिव विश्वलाल सिंहले हालसम्म नियमावली अनुसार विपन्न, जेहेन्दार, दलित र मधेश सहितका विभिन्न आन्दोलनका परिवारको बालबालिकालाई छात्रवृति दिने कानून कार्यान्वयनमा आउन नसकेको बताए ।
तर अघि थप्दै उनले भने नियमावली अनुसार छात्रवृति नदिइएपनि दूईवटा विद्यार्थीमा एउटालाई छात्रवृति दिने योजना हामी शुरुदेखि नै राखेका छौं र नगरका अधिकांश विद्यालयले सो योजनालाई कार्यान्वयनमा राखेका छन् ।

छात्रवृति दिन दिनहुँ दबाव

शिक्षा ऐन एवं नियमावलीले तोकेको विधिअनुसार आफ्ना छोराछोरीलाई छात्रवृत्ति कार्यक्रम अहिलेसम्म कार्यान्वयनमा नल्याएको दिनहुँ अभिभावकहरुले गुनासो गर्दै आएका छन् । छात्रवृति कार्यक्रम व्यवस्थापन हुन नसक्नुका प्रमुख कारण अधिकांश विद्यालयमा जनप्रतिनिधि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न रहेको देखिन्छ ।
कक्षा ११ र १२ वितरण गरिएको छात्रवृति पनि वास्तविक व्यक्तिले नपाई मेयर साह र उनका नातेदार तथा कार्यकर्ताहरुको नजिकका मान्छेले पहुँचका आधारमा पाउंदै आएको गुनासो पनि पटक पटक आउने गरेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव