Monday, July 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

चिनको आकर्षक परियोजनाहरुले सञ्चालनले नेपालको ऋणभार अझै बढने


लोक सम्वाददाता
जनकपुरधाम, साउन १४ गते ।
देश नयाँ संघीय संरचनामा गएपछि नेपाल कम्युनिष्ट पार्टीको सरकारले छिमेकी राष्ट्र भारत र चीन संग सुमधुर समन्वयकारी सन्तुलित सम्बन्ध राख्ने बताउंदै आएका थिए । तर पछिल्लो समयमा भएको ६ महिने मधेश आन्दोलनलाई भारतका अघोषित नाकाबन्दी रहेको भनी बदनाम गराउनेहरु अहिले सत्तासिन भएका छन् ।
त्यसैबेला संयुक्त राष्ट्रसंघका महासभामा नेपालको तर्फबाट सहभागी भएका परराष्ट्र मन्त्री प्रकाश शरण महतले भारतले अघोषित रुपमा नाकाबन्दी गरेको भन्ने सन्दर्भमा कुरा उठाएन तर मधेश आन्दोलनको मुद्दालाई ढाकछोप गर्न अहिलेका सत्तासिन नेताहरुले भारतलाई अघोषित रुपमा नाकाबन्दी गरेको भन्दै बदनाम गर्नमा कुनै कसर बाँकी राखेन ।
यी पछिल्ला घट्नाक्रमपछि नेपालले भारत र चिनसंग संतुलित सम्बन्ध कायम राख्नुका सट्टा चिन तिर बढी झुकाव भएको बुझिएको छ । नेकपाको सरकार बनेपछि राजनैतिक स्तरमा नेकपाको कार्यकर्ताको चिन भ्रमण, चिनबाट नेपालमा विभिन्न परियोजनाहरुका लागि अफर आउनु नेपालको चिन प्रतिको झुकावकै प्रतिफल भएको जानकारहरु बताउँछन् । चिनले नेपालको उत्तरी भाग मात्रै नभई भारत संग सिमा जोडिएको तराई मधेश क्षेत्रमा आफ्नो पहुँच बढाउन पनि विभिन्न प्रकारको लोभ्याउने र देशलाई ऋणमा डुवाने परियोजना सञ्चालन बारे पनि चासो लिएको छ । प्रदेश नम्बर २ को महोत्तरी जिल्ला स्थित गौशालामा १५०० विघा जमिनमा औद्योगिक पार्क निर्माणको परियोजना पनि त्यसकै उपज हो ।
चिन जहिले पनि स्वार्थ रहित नभई स्वार्थ सहितको परियोजनामा मात्रै लगानी गर्ने गरेको छ । पहिला लोभ्याउने परियोजना देखाउने र पछि त्यसबाट आफ्नो फाईदा मात्र उठाउने उसको पुरानो नीति हो यसमाथि अहिले सम्म नेपालले गहनताका अध्ययन अनुसन्धान गर्न सकेको छैन् । मात्र तत्कालको फाईदा बारे सोचेर समझौता गर्न तयार भईहाल्छन ।
आफ्नो फाईदाको लागि चिनले चीनले संखुवासभाको अरुण नदी सिमानामा पक्की संरचनासहितको तटबन्ध निर्माण गरेको छ ।
तटबन्ध निर्माणका कारण नेपाली भूमि कटानको उच्च जोखिममा परेको छ । कटानका कारण भोटखोला गाउँपालिका–१, हेमाथांका बस्ती उच्च जोखिममा परेका छन । भोटखोला–१ का अध्यक्ष तेन्छेवी शेर्पाले बताउँछन –‘चीनले पक्की संरचना बनाइसक्यो, अब खोला उता जाने ठाउँ छैन । धमाधम यता कटान भएको छ । ’ यसले विस्तारै नेपाली भूमि डुबानको खतरामा पुगेको उनले भनाई छ ।
‘त्यस क्षेत्रमा चिनले सन् २०१७ देखि बाँध निर्माण थालेका थिए । चीनले बनाएको संरचनाबारे गत मंसिरमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सांसदहरु, प्रमुख जिल्ला अधिकारी लगायतको २७ जनाको टोलीले अनुगमन गरेको थियो । संखुवासभाका प्रतिनिधि सभा सांसद् राजेन्द्रप्रसाद गौतमका अनुसार तटबन्ध बनाएर चीनले चिनिया भूभागको रक्षामा लागेको बताए । चिनले तटबन्ध निर्माण गर्दा नेपाल चुप लागेर बस्ने भएपछि चिनियाँ प्रभाव नेपालमा बढी नै पर्दै गएको बुझिएको छ ।
चाइना नेपाल फ्रेण्डसिप मेडिकल रिसर्च सेन्टरका निर्देशक डा.राजीव कुमार झाले एक अन्तरवार्तामा भनेका छन कि नेपालको विकास नहुनुमा र छिमेकी देशहरुसँगको सन्तुलनमा शासक वर्ग भन्दा पनि प्रशासक वर्गलाई म दोषी मान्छु । किनकी शासक वर्ग नेपालमा ६÷६ महिनामा परिवर्तन भइरहेको हुन्छ । प्रशासक त स्थिर सरकार हो तर यो संरचनाले काम सही रुपमा गर्न सकेको छैन ।
झाले पनि नेपालको झुकाब चिन तिर हुनुपर्ने कुरामा जोड दिएको पाईन्छ । उनका अनुसार सामान्य मानिसलाई छात्रवृत्ति आउनसक्छ । विआर अन्तर्गतका देशलाई चीनले केही समय अघिमात्र ३ हजार जनामा छात्रवृत्ति घोषणा गरेको छ । त्यो बढ्दै जान्छ । त्यसबाट नेपालले पनि फाइदा लिन सक्छ । हाम्रो देशलाई के आवश्यकता छ त्यो अनुसार उनीहरुले प्रदान गर्छन् । हाम्रो डिग्रीलाई विश्वका विश्वविद्यालयहरुले पहिचान गर्दैनन् । चीनले केही समय अघिमात्र २४ देशसँगको डिग्रि पहिचान गरेको छ तर नेपाल यसमा परेको छैन । नेपालको डिग्रिलाई पनि पहिचान गर्ने वातावरण बनाउन जरुरी छ ।


झाले व्यापार र संस्कृतीको कुरामा पनि चिन संग नेपाल अझै नजिक भएर काम गर्नुपर्ने आवश्यकता औल्याएका छन् । उनले भनेका छन् – चीनको क्वान्चोबाट मालबाहक रेलगाडी छुट्यो भने १४ दिनमा सीमामा आइपुग्छन् तर भारत तिरबाट आउँदा ३०÷३५ दिनमा आइपुग्छ । यसमा लागत र मूल्य निकै कम हुन्छ । झाको यस्तो धारणाले व्यापार क्षेत्रमा नेपालले चिनलाई नै प्राथमिकता दिनुपर्ने आशय देखिएको छ ।
झा संगको अन्तरवार्तामा उनलाई भारत र चिनको संस्कृती संग जोडिएर प्रश्न गरिएको थियो । उनले नेपालकी सीता मातालाई हामीले रामलाई दिएका छौं र ज्वाइ भन्ने गरेका छौं । हाम्री चेली भारतमा दिएका छौं त्यही भएर निकट छौं भन्ने हो तर हामीले चीनमा पनि त नेपाली चेली भृकुटीलाई दिएका छौं नि त ! यसरी प्रति प्रश्न गर्दै सांस्कृतिक रुपमा पनि नेपालको झुकाव चिन तिर हुनुपर्नेमा जोड दिएका हुन् । झाले ओविओआरबाट नेपालको जनतालाई फाईदा पुग्ने बताउँदै सरकारले त्यसप्रति ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
नेपालको वर्तमान आर्थिक अवस्थाले परियोजनाको नाममा थप ऋण भार धान्न सक्दैन तर चिनले आकर्षक योजनाको नाममा नेपालमा विभिन्न परियोजनाहरु सञ्चालन गरि झनै ऋणभार बढाउने र नेपालमा आफ्नो प्रभाव बढाई भारतको प्रभाव न्यून गर्दैजाने रणनीति लिएर अगाडी बढेको सहजै अनुमान गर्न सकिन्छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे
Blast News

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च
Blast News

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’
Blast News

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

ताजा खबर

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव