Sunday, December 7, 2025
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कमीशनका लागि प्रदेश सभा २ को दादागिरी, काम शुरुपछि टेण्डर


लोक सम्वाददाता
जनकपुरधाम, असार ३० गते ।
प्रदेश २ सरकार भ्रष्टाचारमा डुबेको खबर पटक पटक आइरहेकै बखत प्रदेश सभा समेतले कमीशनका लागि बिना टेण्डरकै निर्माण कार्य गराएका छन् ।
प्रदेश सभाले आफ्ना परिसर भित्र गाडी पार्किंग, पिसीसी ढलान, पीसीसी सडक निर्माण र परिसरमा माटो पुर्ने लगायतका निर्माण कार्य कमीशनका लागि बिना टेण्डरकै आफ्ना मातहतका निर्माण व्यवसायी सँग काम शुरु गरायो । तर पछि आवाज उठन थालेपछि गोप्य रुपमा एक स्थानीय पत्रिकामा टेण्डर गराएर प्रक्रिया पुरा गरेका छन् ।
नीति निर्माण, आर्थिक अनुशासन कायम गराउनुका साथै सरकारलाई जबाफदेही बनाउने महत्वपूर्ण जिम्मेवारी प्रदेश सभाको हो तर त्यही निकायबाट भ्रष्टाचारका लागि नियम प्रक्रिया मिचेर कानूनलाई लत्याएका छन् ।
आफू निकटका निर्माण व्यवसायीलाई निर्माण कार्य दिलाउन प्रदेशसभा सचिवालयले गोप्य रुपमा टेन्डर प्रकाशन गरेपछि केही निर्माण व्यवसायीहरु प्रदेशसभा सचिवालय पुगेर विवाद गरेपछि यो घटना बाहिरिएको हो । नाम नछाप्ने शर्तमा धनुषा निर्माण व्यवसायी संघका एक पदाधिकारीले प्रदेशसभा सचिवायले टेन्डर प्रकाशन गर्नुपूर्व निर्माण कार्य सुरु गरेको बताए ।
ती पदाधिकारीले भने, ‘सुरुमा टेन्डर नै ननिकाली काम गराउन सकिन्छ जस्तो उहाँहरुलाई लागेको थियो । तर पछि रकम बढी हुँदा भुक्तानीमा समस्या आउन सक्ने भएकोले उहाँहरुले टेन्डर निकाल्नु भएजस्तो लागेको छ।’ काम सुरु भइसकेकोले गोप्य रुपमा टेन्डर निकालिएका हुनसक्ने उनले भने ।
प्रदेशसभा कार्यान्वयनमा आएदेखि १ करोड ३८ लाख रुपैयाँभन्दा बढीको फर्निचर, कम्पयुटर, ल्यापटप, फोटोकपी मेसिनलगायतका सामग्री नियमविपरित खरिद गरिएको महालेखा परीक्षकले प्रतिवेदन दिएको तीन महिना नबित्दै प्रदेशसभा सचिवालयले एक करोडभन्दा बढीको ठेक्का गोप्य रुपमा लगाएको हो । प्रदेशसभा सचिवालयले निर्माण कार्य गर्न आरएन कन्सट्रक्सन र बीके ट्रेडर्सलाई टेन्डर दिएको छ ।
प्रदेशसभा सचिवालयले स्थानीय एक पत्रिकामा १ अषाढमा १५ दिने सूचना प्रकाशन गरेको थियो। १६ अषाढमा टेन्डर खोलेर २० अषाढमा निर्माण व्यवसायीलाई कार्यदेश दिएको सचिवालयको भनाई छ ।
प्रदेशसभा सचिवायलयले दिएको जानकारी अनुसार ग्यारेज निर्माणगर्न १९ लाख ग्यारेजसम्म पुग्न प्रदेशसभा परिसरभित्र पीसीसी सडक निर्माण गर्न १९ लाख, ग्यारेजको भुइँमा पीसीसी ढलान गर्न ५५ लाख र माटो भर्न ३९ लाख रुपैयाको छुट्छुटै चारवटा टेन्डर प्रकाशन गरिएको छ ।
कार्यदेश दिइसकेपछि मात्र निर्माण कार्य सुरु भएको प्रदेशसभा सचिवालयका उपसचिव अवधेशकुमार कुश्वाहाले बताए । तर ग्यारेज निर्माण कार्य गरिरहेका मिस्त्री बारा निवासी साहेब मण्डलले भने आफूहरु १० अषाढदेखि काम सुरु गरेको बताए । ‘१० गतेदेखि हामीले काम सुरु गरेका छौं एक दुईदिनमा सबै काम सकिने छ,’ मण्डलले बताए । उनले ट्रस सहितको ग्यारेजमा पीसीसी ढलान भइसकेको र पीसीसी सडक निर्माण गर्नमात्र बाँकी रहेको बताए ।
उता निर्माण कार्य पुरा हुन बाँकी छँदै प्राविधिकले मूल्याङ्कन गरिसकेका छन । पूर्वाधार कार्यालय धनुषाका इन्जिनियर राकेशराज मिश्रले प्रदेशसभा सचिवालयले इस्टिमेट र मूल्यांङ्कन गर्न पत्राचार गरेको बताए ।
आर्थिक अनुशासन कायम गराउने र सरकारलाई जिम्मेवार बनाउने निकाय प्रदेशसभाभित्रै भइरहेको कमिसनको यस्तो गलत कामको छानबिन गर्न प्रदेशसभा सदस्यले माग गरेका छन् । नेकपाकी प्रदेशसभा सांसद मञ्जु यादवले प्रक्रिया विपरित भइरहेको निर्माण कार्र्य संसदीय समितिमार्फत छानबिन हुनुपर्ने बताएकी छिन् ।
यसअघि पनि प्रदेशसभा सचिवालयले पहिलो वार्षिकोत्सवमा खेल सामग्री, पोशाक खरिद र भोजभतेरको नाममा बिल भरपाई बनाएर २७ लाख भन्दा बढी रकम खर्च गरेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा
Blast News

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी
Blast News

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर
Blast News

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम
Blast News

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना
Blast News

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या
Blast News

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

ताजा खबर

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव